अख्तियार आयुक्त पाठकले दिए राजीनामा

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

आयुक्त पाठकविरुद्ध सत्तारुढ नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो। आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरुको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो।