सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाले शुक्रबार मुख्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेका हुन् ।
काठमाडौं । नेपाली सेनाले सैनिक जङ्गी अड्डालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाले शुक्रबार मुख्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेका हुन् ।
प्रधानसेनापति थापाले प्लाष्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा पार्ने नकारात्मक प्रभावबारे स्पष्ट पार्दै प्लाष्टिकको प्रयोगलाई साङ्गठनिक रुपमै निरुत्साहित गर्न आफू मातहतका कर्मचारीलाई निर्देशन दिए ।
सोही कार्यक्रममार्फत प्रधान सेनापति थापाले सेनाका सम्पूर्ण युनिटहरुले यसलाई अभियानका रुपमा अगाडि बढाउन निर्देशनसमेत दिए ।