हमला जम्मु काश्मीरको पुल्वामा जिल्लामा श्रीनगर जम्मु राजमार्गस्थित लेथपोरा नजिक भएको थियो । सो राज्यमा १९८८ मा आतङ्कवाद फैलिएयता सुरक्षा फौजमाथिको यो सबैभन्दा ठूलो हमला हो ।
एजेन्सी । गत फेब्रुअरी १४ मा एक आतङ्कवादी बम हमलाकारीले भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ सवार बसमा ल्याडेन एसयूभी विस्फोट गर्दा कम्तीमा ४० जना सीआरपीएफ जवानको मृत्यु भयो ।
हमलाकारीको निसानामा परेको सो बस जम्मुदेखि श्रीनगरसम्म २५ सय सीआरपीएफ जवानलाई लिएर यात्रा गरिरहेको ७८ वटा बसमध्येको एउटा थियो । उक्त हमला जम्मु काश्मीरको पुल्वामा जिल्लामा श्रीनगर जम्मु राजमार्गस्थित लेथपोरा नजिक भएको थियो । सो राज्यमा १९८८ मा आतङ्कवाद फैलिएयता सुरक्षा फौजमाथिको यो सबैभन्दा ठूलो हमला हो ।
पुल्वामा जिल्लामा भएको हमलाको जिम्मेवारी पाकिस्तानी इन्टर सर्भिसेज इन्टेलिजेन्सको समर्थनप्राप्त आतङ्की संस्था जेस ए मोहम्मदले लिएको छ । उक्त संस्था दण्डहीनतासहित पाकिस्तानभन्दा बाहिरी मुलुकमा आफ्नो अपरेसन चलाउने काम गर्छ । यसअघि २३ मे २००४ मा अर्को ठूलो घातक हमला जम्मु काश्मीरको इतिहासमा दर्ता भएको छ । उक्त हमलामा १९ जना सीमा सुरक्षा फौज, छ जना महिला र पाँच बालबालिकासहित ३० जनाको मृत्यु भएको थियो । सो हमला पनि श्रीनगर जम्मु राष्ट्रिय राजमार्गस्थित काजीगन्दनजिक तल्लो मुण्डामा भएको थियो ।
सैनिक जवानको हताहतीको मामिलामा सबैभन्दा घातक हमला १८ सेप्टेम्बर २०१६ मा भएको थियो । सो हमलामा १७ जना सैनिक जवान मारिएका थिए भने अन्य १९ जना घाइते भएका थिए । हमला बारामुल्ला जिल्लाको उरी सहरस्थित नियन्त्रण रेखानजिक रहेको भारतीय सैनिकको एउटा युनिटको प्रशासनिक शिविरमा आतङ्कवादीहरु घुसेर गरेका थिए । हमलामा संलग्न अन्य चार जना आतङ्कवादी पनि मारिएका थिए ।
जम्मु काश्मीरको प्रहरीलाई लक्षित गरी भएको हमलामा सबैभन्दा भयानक हमला २ मार्च २००१ मा घटेको थियो । उक्त हमलामा राजौरी जिल्लास्थित मोहरा चातरुका एउटा एम्बुसमा परी १५ प्रहरी जवानसहित अन्य दुई नागरिकको मृत्यु भएको थियो ।
जम्मुमा २५ डिसेम्बर २००० मा भएको पहिलो ‘भेहिकल बोर्न इम्प्रोभिस एक्सप्लोसिफ डिभाइस’ भिबियड हमलाको जिम्मेवारी पनि जेस ए मोहम्मदले नै लिएको थियो । उक्त हमलामा एक जना फिदायिनले कारमाथि विस्फोटक हमला गरेका थिए । त्यस घटनाअघि श्रीनगरको मुटुमा ब्रोडसिनेमा नजिक १५ प्रहरीकर्मी रहेको हेडक्वार्टरमा आतङ्कीहरुले फायरिङ गरेका थिए । हमलामा चार सैनिक, चार नागरिक र एक लडाकूसहित नौ जनाको मृत्यु भएको थियो । यद्यपि भिबियड हमलाको सन्दर्भमा सबैभन्दा पहिलो हमला श्रीनगरस्थित बदामीबागस्थित सैनिक मुख्यालयमा १९ अप्रिल २००० मा भएको मिति दर्ता छ ।
१९ अप्रिल २००० र पुल्वामा हमलाअघि १३ फेब्रुअरी २०१९ को बीचमा काश्मीरमा कम्तीमा पनि १७ भिबियड हमलाहरु दर्ता भएका छन्, जसमा ८८ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १४ फेब्रुअरीको हमलाअघि सबैभन्दा अन्तिम भिबियड हमला श्रीनगरको राजधानी नौगाम क्षेत्रमा २ नोभेम्बर २००५ मा भएको थियो । हमलामा १० जना हताहत भएका थिए ।
ती सात हमलाहरुमध्ये जेसल ए मोहम्मदले ३ नोभेम्बर २००५ को सहित तीन ओटा हमलाहरुको जिम्मेवारी लिएको छ । २ नोभेम्बर २००५ पछि पुल्वामा हमला अघिसम्म कुनै पनि भिबियड हमला नभए पनि जेस ए मोहम्मदले भिबियड हमलाको तयारी गरिरहेको विशेष चेतावनीहरु भने जारी भइरहेका थिए । १२ फेब्रुअरी २०१८ को मितिमा जारी भएको एक प्रतिवेदनअनुसार जेस ए मोहम्मदले काश्मीर उपत्यकामा फिदायिन हमलाको प्रयास गरिरहेको र हमलाका लागि उनीहरुले कुनै पनि विस्फोटक पदार्थले भरिपूर्ण कारको प्रयोग गर्न सक्ने सम्भावना रहेको भनी सुरक्षा फौजलाई हाई अलर्ट जारी गरेको थियो ।
हालै ८ फेब्रुअरी २०१९ मा जारी भएको एक अलर्टमा भनिएको थियो, ‘आफूलाई खटाइएको क्षेत्रमा तैनाथ हुनुअघि त्यस क्षेत्रमा इम्प्रोभाइज एक्सप्लोसिफ डिभाइस आईईडीका उपकरण फेला पर्न सक्ने भएकाले कृपया एकपटक त्यस क्षेत्रलाई राम्ररी सरसफाइ गर्नुहोला ।’
तर विशेष गुप्तचर सुरक्षा फौजले सय किलोग्राम विस्फोटक पदार्थले भरिपूर्ण सवारीलाई सो सडकमा डिटेक्ट गर्न नसकेपछि काश्मीरको आईजीपीको बोलावटमा गुप्तचर सेवा त्यहाँ पठाइएको थियो । सो सडकमा सैनिक आवतजावत गर्नका लागि सो गुप्तचर टोलीले त्यस क्षेत्रलाई पूर्ण सरसफाइ गर्नुपर्ने थियो ।
तर आतङ्कवादीले घुसपैठ गरेको सो उपत्यकामा उत्कृष्ट गुप्तचरको टोलीलाई पठाइए पनि एजेन्सीले त्यहाँ कुनै पनि किसिमको शङ्कास्पद तथा विस्फोटक पदार्थ डिटेक्ट गर्ने पूर्ण प्रक्रियामा असफल रहेको थियो । त्यस कार्यका निम्ति विशेष विज्ञता, सहकार्य र व्यापक सञ्जालको आवश्यक थियो ।
यहाँ एउटा स्मरणीय घटना निकै सान्दर्भिक हुनेछ । १३ डिसेम्बर २०१३ मा भएको संसद्को हमलाको मामिलामा दोषी पाइएका मोहम्मद अफजल गुरुलाई नयाँ दिल्लीको तिहार जेलमा फाँसीको सजाय दिएपछि ९ जनवरी २०१३ मा जेस ए मोहम्मदले ‘अफजल गुरु पुल’ निर्माण गरेका थिए । अफजल गुरुको योगदानलाई स्मरण गर्न र उनको फाँसीको बदला लिन जेस ए मोहम्मदले विभिन्न अवसरमा धम्कीहरु दिँदै आएको छ । यद्यपि २०१३ देखि २०१७ बीचको फेब्रुअरी महिनामा जम्मु काश्मीरमा दुईतीन हताहतीका हमलाबाहेक कुनै पनि महत्त्वपूर्ण हमला उसले दाबी गरेको थिएन ।