इनोभेटर र इन्टरप्राइजर्स दुवैले २०१८ मा सिर्जना र प्रविधिसम्बन्धी शक्तिको महत्त्वलाई प्रतिबिम्बित गर्छन् । विशेषज्ञ केन्द्र र मुख्य गाँठोका रुपमा महत्त्वपूर्ण मूल्य शृङ्खलामा आफूलाई राखेर इनोभेटरहरु आफ्नो प्रभावमाथि राम्रोसँग भेदन गर्न सक्षम छन् ।
एक्काइसौं शताब्दीको अर्थव्यवस्थामा सफल सहरहरुका लागि नयाँनयाँ सिर्जनालाई एक महत्त्वपूर्ण घटकका रुपमा हेरिन्छ । यथास्थितिमा रहेका संरचनाहरुलाई भत्काउन नयाँ प्रविधि लगातार उदाइरहने हुनाले यसो भनिएको हो । एउटा ‘सिर्जनशील सहर’को विचारले विभिन्न शैली, क्षेत्र तथा परिणामहरुको एक विस्तृत शृङ्खलालाई समेट्न सक्छ । यसले एउटा यस्तो सहरको सन्दर्भ दिन सक्छ, जहाँ विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरुका व्यावसायिक सफलताहरुको आयोजन गरिन्छ अथवा जहाँ विश्वविद्यालय र सार्वजनिक क्षेत्रले ल्याएका आधारभूत अनुसन्धानहरु गर्छन्, अथवा जहाँ स्टार्टअप्स र उद्यमीहरुद्वारा नयाँ विचारहरुको निर्माण गरिन्छ ।
सहरहरुको विश्वव्यापी प्रणालीलाई बुझ्न सहयोग पुर्याउने हेतुले जेएलएलको सिटिज रिसर्च सेन्टरले १०ओटा सहरी ‘प्रकार’को पहिचान गरेको छ । समूहमा भएका समान श्रेणीका सहरहरुमा समूहका अन्य सहरहरुसँग एउटा साझा डीएनए छ, जसको गुण, अवसर र चुनौतीहरु समान छन् ।
न्युयोर्क, टोकियो र लन्डनसहित ‘बिग सेभेन’ वैश्विक सहरहरु यस प्रणालीका मुख्य अङ्ग हुन् र आधुनिक अर्थव्यवस्थामा बलियो बहुमुखी धारणा राख्छन् । यी ती सहरहरु हुन्, जहाँ सिर्जना, बहुराष्ट्रीय सङ्घसंस्थाहरुको आश्रय, प्रतिभाको सम्पत्ति र विश्वस्तरीय विश्वविद्यालयहरुको समूह पारम्परिक रूपले संलग्न छन् । हुन त, मध्यमखाले र उदाउँदो बजारका सहरहरुले आधुनिक अर्थव्यवस्थामा सिर्जनाको सहरका रुपमा आफूलाई स्थापित गरेका छन् र आप्mना लागि आश्रयस्थल बनाएका छन् । यी दुई समूहहरुलाई ‘इनोभेटर्स’ र ‘इन्टरप्राइजर्स’ भन्ने गरिएको छ ।
१) इनोभेटर्स
हालका वर्षहरुमा, मुख्य रूपले युरोप र अमेरिकामा मध्यम आकारका सहरहरुको एउटा समूह ज्ञान र उच्च प्रविधि क्षेत्रमा विशेषज्ञ बनेको छ तथा सिर्जनाको वैश्विक सञ्जालमा महत्त्वपूर्ण पद प्राप्त गरिरहेको छ । संयोगले हामी यिनलाई ‘इनोभेटर्स’ भन्छौं । प्राविधिक र अनुसन्धान–उन्मुख अर्थव्यवस्थामा यिनीहरु अपेक्षाकृत साना सहरहरुमा आप्mना धेरै साथीहरुमाझ एक विशिष्ट स्थान बनाएका छन् ।
ठूला प्रतिद्वन्द्वीहरुमा हुने सस्तो बासस्थानको कमी र वातावरणीय समस्याजस्ता नकारात्मक बाहिरी कारक आपूmहरुसँग नहुनाले अन्तर्राष्ट्रियस्तरका गतिशील प्रतिभा र व्यवसायहरुको ध्यान प्रायः यी सहरले तान्ने गरेका छन् । जब कि यी सहरले आप्mना विशेषताहरु साझा गर्छन्, तथापि, सिर्जनाका लागि एउटै बाटो लिएको भन्न मिल्दैन । विश्वविद्यालय, सङ्घसंस्था, सार्वजनिक क्षेत्र र उद्योगी सबैले विभिन्न सहरहरुमा आप्mना सिर्जनाहरु चलाएका छन् तर, प्रत्येक उदाहरणले ज्ञान र विशेषज्ञताको एउटा महत्त्वपूर्ण समूह साझा गर्छन् ।
इनोभेटरका केही उदाहरण
अस्टिन सहरले मूल्य, संस्कृति, प्रतिभा र व्यावसायिक वातावरणको मिश्रण प्रदान गर्छ, जसले यो सानो सहरलाई अमेरिकाको औद्योगिक केन्द्रको एउटा प्रमुख बन्न नेतृत्व गर्छ । टेक्सास विश्वविद्यालय र टेक्सास स्टेट युनिभर्सिटीका प्रमुख गतिविधिहरुले व्यापारमैत्री नीति अवलम्बन गरी सहरका होनाहार प्रतिभा प्रस्फुटनमा टेको दिएका छन्, जसले डेल, आईबीएम, अमेजन र फेसबुकजस्ता कम्पनीलाई आकर्षित गर्छन् । २०१६मा स्टार्टअप गतिविधिका लागि प्रमुख अमेरिकी महानगरीय क्षेत्रमा यसको स्थान र प्राविधिक फर्महरुको उच्च चासोमा परेसँगसँगै यसले ‘सिलिकन हिल्स’को उपनाम पायो ।
बर्लिन विशेषगरी सस्तो आवास खर्च र सांस्कृतिक परिदृश्यमा आधारित अन्तर्राष्ट्रिय प्रतिभाका तथा आप्mना बहुसांस्कृतिक नागरिकका लागि एउटा आकर्षण बनेको छ । रकेट इन्टरनेटसँग मिलेर यो सहरले आप्mनै स्टार्टअप विकसित गरिरहेको छ, जसले अनलाइन फेसन साइट ‘ज्यालन्डो’, खाद्य वितरण सेवा ‘डेलिभरी हिरो’ र खाद्य बक्स प्रदाता ‘हेलोफ्रेस’सहित सफल कम्पनीहरुको एउटा सञ्जाल विस्तार गरेको छ । सन् २०१५ मा ठूला सहरहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता प्रदर्शन गर्दै बर्लिनले पेरिस र लन्डनको तुलनामा बढी लगानी पुँजी आकर्षित गरेको थियो ।
विश्वका शीर्ष तीन विश्वविद्यालयमध्ये दुई (एमआईटी र हार्भर्ड)सहित विश्वको अग्रणी उच्च शिक्षाको केन्द्र हुनाले बोस्टन शक्तिशाली बनेको छ । यो असाधारण प्रतिभाको मुहान र अनुसन्धान शक्तिको अर्थ हो धेरै वैज्ञानिक क्षेत्रमा बोस्टन एउटा नेतृत्वदायी भूमिकामा उदाएको छ, विशेषगरी जैविकप्रविधि र जीवन विज्ञानमा ।
स्टक होम एक अर्बभन्दा बढी डलरको कम्पनीहरु उत्पादनको आप्mनो ट्र्याक रेकर्डका कारण युरोपको ‘गैंडा फ्याक्ट्री’का रूपमा चर्चित छ । केवल सिलिकन भ्यालीले मात्र प्रतिव्यक्ति युनिकर्नको सन्दर्भमा स्विडिस राजधानीलाई पछि पार्न सक्छ । म्युजिक स्ट्रिमिङ सर्भिस ‘स्पोटिफाई’ र क्यान्डी क्रस सागा डेभलपर ‘किङ गेम्स’ सहरका दुई सफल स्टार्टअप हुन् । यसले स्टकहोमको असाधारण डिजिटल, यातायात र सार्वजनिक सेवाकोे आधारभूत भौतिक पूर्वाधारलाई मलजल गरेको छ ।
धेरै सर्जकसँग हुने सफलताको दीर्घकालीन सामग्रीहरुको पहिचान लगानीकर्ताले गरेका छन् । दसखाले सहरमध्ये उनीहरुसँग दोस्रो ठूलो लगानी गर्ने शक्ति छ (आर्थिक आकारको अनुपातमा रियल इस्टेट लगानी), केवल विश्वका सबैभन्दा लोकप्रिय रियल इस्टेटहरुको लक्ष्य ‘बिग सेवन’भन्दा पछि छ ।
२) इन्टरप्राइजर्स
सिर्जना विकसित अर्थव्यवस्थामा स्थापित सहरहरुका लागि मात्र होइन । तीव्र गतिमा उदाउँदै गरेको अर्थव्यवस्थाका सहरहरु सिर्जनाको विश्व सञ्जालमा महत्त्वपूर्ण केन्द्र हुँदै गइरहेका छन्– इन्टरप्राइजर्सजस्तै । आफू पर्यावरणीय प्रणालीको स्टार्टअप र विश्वस्तरीय प्रतिस्पर्धी कम्पनीहरु बनाउने यी अति बहुआयामिक गतिशील सहर हुन् । परिणामस्वरूप घरेलु प्रतिभाका लागि आकर्षण हुँदै छन् ।
सेन्जेनले हार्डवेयर निर्माणका लागि आप्mनो प्रतिष्ठामा आफनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक सिर्जनशील इकोसिस्टम विकसित गरेको छ । इन्टरनेटको विशालकाय कम्पनी ‘ट्यानसेन्ट’ यही सहरमा छ । हुवावे र जेडटीईका वैश्विक हार्डवेयर फर्म यहीँ छन् । परिणामस्वरुप, यो सहरले विश्वका कुनै पनि सहरमा दर्ता हुने प्याटेन्ट कपिराइटको निवेदन सङ्ख्याभन्दा तीन गुणा बढी आवेदन हेर्ने गर्छ । चीनको क्षमता जुन गतिले बढिरहेको छ, सेन्जेन यसको केन्द्रमा रहने प्रबल सम्भावना छ ।
यस सन्दर्भमा उदाउँदै गरेका विप्रो र इन्फोसिसजस्ता सफल घरेलु कम्पनीहरु भएको सहर बैङ्लोरले आईटीसँग सम्बन्धित आउटसोर्सिङका लागि एउटा लोकप्रिय गन्तव्यका रुपमा आपूmलाई स्थापित गरेको छ । अमेरिका बाहिर गुगलको पहिलो आरएन्डडी सेन्टरसमेत अहिले बहुराष्ट्रीय कम्पनीहरु सहरको अनुसन्धान र विकास क्षमताहरुको फाइदा लिन बैङलोरतर्फ एकत्रित हुँदै छन् । ई–कमर्स प्लेटफर्म प्mिलपकार्ट और इनमोबी जस्ता नयाँ स्टार्टअप भारतका पहिला युनिकर्न हुन्, जुन सहरका उद्यमशील प्रतिभाका पोखरीबाट फक्रेका छन् ।
इनोभेटर र इन्टरप्राइजर्स दुवैले २०१८ मा सिर्जना र प्रविधिसम्बन्धी शक्तिको महत्त्वलाई प्रतिबिम्बित गर्छन् । विशेषज्ञ केन्द्र र मुख्य गाँठोका रुपमा महत्त्वपूर्ण मूल्य शृङ्खलामा आफूलाई राखेर इनोभेटरहरु आप्mनो प्रभावमाथि राम्रोसँग भेदन गर्न सक्षम छन् । उत्पादनको केन्द्र र आउटसोर्सिङबाट प्राप्त गरेका भौतिक सम्पत्तिहरुको प्रयोग गरेर आफ्नै नवीनतम स्वदेशी इकोसिस्टम रचना गर्न इन्टरप्राइजरहरुले कार्यगति विकास गरेका छन् ।
यद्यपि, यी सहरले भविष्यमा नयाँ विघटनकारी प्रविधिहरुलाई कस्तो प्रतिक्रिया जनाउलान्, यिनीहरुसँग आवश्यक सामग्रीहरु छन् र सफलताका लागि बाटो जारी राख्न राम्रोसँग स्थापित छन् भनेर हामी सुनिश्चित गर्न सक्दैनौं ।
(लेखक जेएलएल कम्पनीका अनुसन्धान निर्देशक हुन् ।)