no-image

होटल, विकास बैंक र उत्पादनमुलक क्षेत्रको सेयर बढेको छ भने बैंक तथा वित्त, जलविद्युत, जीवन तथा निर्जीवन बिमा लघुवित्तलगायतको घटेको छ ।

काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार ३ अंक घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १०९ अंकमा झरेको छ ।

आइतबार २१ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । प्रभुको प्रतिकित्ता २२७ रुपैयाँमा १ करोड ९० लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रतिकित्ता १५० रुपैयाँमा प्रभुको ९४ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

होटल, विकास बैंक र उत्पादनमुलक क्षेत्रको सेयर बढेको छ भने बैंक तथा वित्त, जलविद्युत, जीवन तथा निर्जीवन बिमा लघुवित्तलगायतको घटेको छ ।

आईतबार चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र एक्सेल डेभलपमेन्ट बैैंकका लगानीकर्ताले कमाएका छन भने कञ्चन डेभलपमेन्ट बैंक र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।