गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देश समृद्धितर्फ उन्मुख भइरहेको बताइरहँदा काँग्रेसले भने सफलताको सिँढीसमेत चढ्न नसकेको आरोप लगाएको हो ।
काठमाडौ । नेपाली काँग्रेसले दुई तिहाईको सरकार फेल भएको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आइतबार सरकारको एक वर्षको समीक्षा गर्दै पत्रकार सम्मेलनको आयोजना गरी सरकार पूर्ण रुपमा असफल भएको जनाएको छ ।
गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देश समृद्धितर्फ उन्मुख भइरहेको बताइरहँदा काँग्रेसले भने सफलताको सिँढीसमेत चढ्न नसकेको आरोप लगाएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले एक वर्षमा नेपाली जनतालाई धेरै ढाँटेको र विश्वास गुमाएको बताए । भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको काँग्रेसको आरोप छ ।
सरकारले कूटनीतिक सम्बन्धमा गरिबी देखाएको आरोप लगाएको छ । पछिल्लो पटक भेनेजुएला प्रकरणमा त केटाकेटी आए, गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश भनेजस्तो भएको शर्माले बताए ।
बूढीगण्डकी जलविद्युत् आयोजनामा भएको अनियमिततामा प्रधानमन्त्री ओली स्वयम् दोषी भएको काँग्रेस प्रवक्ता शर्माले बताए । भ्रष्टाचारमा बल पु¥याउनकै लागि राज्यका सबै संयन्त्रलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरिएको काँग्रेसको ठहर छ ।