धनगढी : प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य भएका छन् । उनलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्तकोषको मात्रामा कमी र मिर्गौलामा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिए ।
प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । एकहत्तर वर्षीय मल्ललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । रासस