यसअघि गत बिहीबार साँझ पुलआमामा सीआरपीएफको गाडीमाथि आत्मघाती आक्रमण हुँदा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । आक्रमणपछि भारतीय सुरक्षाकर्मीले सो क्षेत्रमा सर्च अपरेसन सुरू गरेका थिए । सोही क्रममा आतङ्कवादी समूहसँग भीडन्त भएको हो ।
काठमाडौं : जम्मु काश्मीरमा भारतीय सुरक्षाकर्मी र आतंकवादीबीच फेरि भिडन्त भएको छ । भिडन्तमा परी ४ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
यसअघि गत बिहीबार साँझ पुलआमामा सीआरपीएफको गाडीमाथि आत्मघाती आक्रमण हुँदा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । आक्रमणपछि भारतीय सुरक्षाकर्मीले सो क्षेत्रमा सर्च अपरेसन सुरू गरेका थिए । सोही क्रममा आतङ्कवादी समूहसँग भीडन्त भएको हो ।
सोही घटनापछि भारत र पाकिस्तानबीच दूरी झनै बढेको छ । घटनामा पाकिस्तान सरकारको हात रहेको भन्दै भारतले आरोप लगाउँदै आएको छ । पाकिस्तानले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै भारतलाई आरोपलाई पुष्टि गर्न चुनौती दिँदै आएको छ । एजेन्सी