मुकेश अम्बानीको फाउन्डेसनले कस्मिर आतंक मारिएकाका सन्तानलाई शिक्षा र रोजगारी दिने

सम्भव भएसम्म घाइते जवानहरुलाई पनि आफ्नो अस्पतालले उपचार सेवा दिन तयार भएको कम्पनीले बताएको छ ।

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स फाउण्डेशनले पुल्वामा काश्मिर आतंकी हमलामा मारिएका सिआरपिएफ जवानहरुका सन्तानहरुको शिक्षा र रोजगारको जिम्मेवारी लिने बताएको छ ।

शहिदहरुप्रति कृतज्ञतास्वरुप रिलायन्सले हमलामा मारिएका जवानहरुका सन्तानको शिक्षा, रोजगारी र जिविकाको पूर्ण जिम्मेवारी लिन तयार भएको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

सम्भव भएसम्म घाइते जवानहरुलाई पनि आफ्नो अस्पतालले उपचार सेवा दिन तयार भएको कम्पनीले बताएको छ ।

रिलायन्स फाउण्डेशन मुकेश अम्बानीको रिलायन्स इंडस्ट्रिज लिमिटेडको दातृ शाखा हो । सो संस्थाले स्वास्थ, शिक्षा, विकासका लागि खेलकूद, प्रकोप प्रतिक्रिया, कला र संस्कृतिमा सहयोग र पहलकदमी चाल्दै आएको छ ।