सर्वोच्चका विवादित न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा आएपछि न्यायाधीश जोशीको इजलास तोकिएको थिएन ।

काठमाडौ । सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा आएपछि न्यायाधीश जोशीको इजलास तोकिएको थिएन ।

न्यायाधीश जोशीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस नगरेपछि बिदा बस्दै आएका थिए ।