नरेन्द्र मोदीले उद्घाटन गरे विश्वकै पहिलो इलेक्ट्रोनिक रेल

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्त्वाकाङ्क्षी योजना ‘मेक इन इन्डिया’अन्तर्गत भारतीय रेलवेले विश्वमै पहिलो पटक डिजलबाट चल्ने डिजल लोकोमोटिभ रेललाई विद्युत्बाट चल्ने इलेक्ट्रिक लोकोमोटिभ रेलमा परिणत गरेर विश्वसामु इतिहास रचेको छ । यो नयाँ कुशल ऊर्जा विद्युतीय लोकोमोटिभलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आज बनारसमा झण्डा हल्लाएर उद्घाटन गरे । यस्तो प्रकारको...

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्त्वाकाङ्क्षी योजना ‘मेक इन इन्डिया’अन्तर्गत भारतीय रेलवेले विश्वमै पहिलो पटक डिजलबाट चल्ने डिजल लोकोमोटिभ रेललाई विद्युत्बाट चल्ने इलेक्ट्रिक लोकोमोटिभ रेलमा परिणत गरेर विश्वसामु इतिहास रचेको छ । यो नयाँ कुशल ऊर्जा विद्युतीय लोकोमोटिभलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आज बनारसमा झण्डा हल्लाएर उद्घाटन गरे ।

यस्तो प्रकारको प्रथम उल्लेखनीय विकास बनारसमा रहेको डिजल लोकोमोटिभ वक्र्सले गरेको हो । उक्त सम्पूर्ण परियोजना पूरा विश्वका लागि इन्डियन आरएन्डआर इनोभेसनको भएको भारतीय रेलवे सेवाले बताएको छ । आफ्नो कार्बन उत्सर्जनलाई कम गर्ने प्रयासमा रहेको भारतका लागि यो रेलवे विकास स्वागतयोग्य कदम हो ।

विश्वकै पहिलो डिजलदेखि विद्युतीय लोकोमोटिभमा परिणत भएको रेलको पाँच रोचक तथ्य हामीले उल्लेख गरेका छौं ।

— नयाँ विद्युतीय लोकोमोटिभले पुरानो डिजल लोकोमोटिभको तुलनामा ९२ प्रतिशत शक्ति दिन्छ । १० हजार एचपी हाउलेज पावर भएको यो विद्युतीय लोकोमोटिभले करिब ५३ सय टोनको भारीलाई सजिलै उठाउन सक्छ ।

— रोचक कुरा के छ भने डिजल लोकोमोटिभ वक्र्सले यस परियोजनालाई ६९ दिनको समयभित्र पूरा गरेको थियो ।

— भारतीय रेलवे सेवाको अनुसार डिजल लोकोमोटिभलाई इलेक्ट्रोनिक लोकोमोटिभमा परिणत गर्ने लागत मूल्य एउटा डिजल लोकोमोटिभको मिडलाइफ रिह्याबिलिटेसनभन्दा कम रहेको छ ।

— सूलभ मूल्यको अलावा यसले मालवाहक रेलको औसत गतिलाई पनि जितेको छ, जसले गर्दा यसको सेक्सन क्षमता बढेको छ । यो परियोजनालाई व्यापारिक सेवाका लागि राष्ट्रिय यातायातले २७ नोभेम्बर २०१८ मा अनुमोदन गरेको थियो ।

— गत वर्ष यो इलेक्ट्रोनिक लोकोमोटिभले आफ्नो ट्रायल पूरा गरेको थियो, जसले उसले ७५ किमी प्रतिघण्टाको रफ्तार र ५२ सय टन भारीलाई उठाएर बनारसदेखि लुधियानासम्म सफल यात्रा गरेको थियो ।