महाराष्ट्रका किसानको जुलुसमाथि सरकारी दमन, किसानका नेता पक्राउ

मङ्गलबार बिहान धूले प्रहरीले जुलुसमा सहभागी हुन तयार गरिरहेका सत्यासोधक सेतकारी सभाका नेताहरुलाई दहीवेलबाट पक्राउ गरेको छ । प्रहरीले धुले जिल्लास्थित पिम्पालनेरबाट ठूलो सङ्ख्यामा जुलुमा सहभागी हुन तयार रहेकाहरुलाई पक्राउ गरेको छ । धूले प्रहरीले प्रदर्शनकारीहरुसँग जुलुसका लागि पूर्वअनुमति नभएको बताएको छ ।

एजेन्सी । अखिल भारतीय किसान सभाले बुधबारबाट नासिकदेखि मुम्बाईसम्म सुरु गर्ने भनिएको किसानहरुको जुलुस यात्रामाथि महाराष्ट्र प्रहरीले कारबाही सुरु गरेको छ । प्रहरीले किसानको जुलुसमा सहभागी हुनेहरुमाथि कारबाही गरेको हो ।

मङ्गलबार बिहान धूले प्रहरीले जुलुसमा सहभागी हुन तयार गरिरहेका सत्यासोधक सेतकारी सभाका नेताहरुलाई दहीवेलबाट पक्राउ गरेको छ । प्रहरीले धुले जिल्लास्थित पिम्पालनेरबाट ठूलो सङ्ख्यामा जुलुमा सहभागी हुन तयार रहेकाहरुलाई पक्राउ गरेको छ । धूले प्रहरीले प्रदर्शनकारीहरुसँग जुलुसका लागि पूर्वअनुमति नभएको बताएको छ ।

अखिल भारतीय किसान सभाले राज्य सरकारलाई आफ्नो माग पूरा गर्न दबाब दिन यो दोस्रो ठूलो किसान जुलुस योजना बनाएको हो । प्रदर्शनमा उत्रिएका किसानहरुलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फाडनाभिसको सरकारले कागजमा किसानहरुको वनक्षेत्रको जमिन किसानको नाम गराइदिनुपर्ने स्पष्ट पेनडिङ अपीलसहितका माग पूरा गर्ने लगातार आश्वासन दिँदै आएको छ । तर वाचा आश्वासनमै सीमित बनेपछि किसानहरुले फेब्रुअरी २० बाट जुलुस यात्रा सुरु गरी फेब्रवरी २७ मा मुम्बई पुग्ने योजना बनाएका हुन् । फेब्रुअरी २७ मा राज्यको व्यवस्थापिका संसद्मा बजेट अधिवेशन पनि हुँदै छ ।