मेलम्चीको विवादमा तानिएका खानेपानी सचिव ठाकुरको सरुवा

मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए । ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आएको छ ।

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)ले आयोजना छाडेपछि विवादमा तानिएका खानेपानी सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ ।

मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए । ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आएको छ । अहिले मेलम्ची खानेपानी आयोजना अन्योलमा छ ।

सीएमसीसँग मोटो रकम कमिसन मागेको नदिएपछि आयोजना छाड्न बाध्य पारिएको आरोप ठाकुरलाई लगाइँदै आएको थियो । यसअघि मंसिरमा संघीय संसदको विकास तथा प्रविधि समितिमा ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउने घोषणा गरेका थिए । तर, सीएमसी भागेपछि अहिले उनले अभिव्यक्ति प्रति पछिल्लो पटक बसेको प्रविधि तथा विकास समितिका अध्यक्ष तथा सदस्यहरुले आवाज उठाएका थिए ।

मेलम्चीका बारेमा समितिमा ४ पटक छलफल भए पनि कुनै निष्कर्ष ननिकालेपछि समिति सभापति कल्याणी खड्काले सार्वजनिक पदमा बसेको जोकोहीले पनि भ्रामक जानकारी दिन नहुने बताएकी थिइन् ।
खड्का पनि खानेपानी सचिव र आयोजनामा देखिएको अन्योलताबारे ठोस निष्कर्ष मन्त्रालय र आयोजना गर्न नसकेको प्रति आपत्ति जनाएकी थिइन्