चर्चित गायक सोनु निगम नर्भिक भर्ना

अस्वस्थ निगमको उपचार भइरहेको नर्भिक अस्पतालले जनाएको छ । उनका उपचारमा नर्भिकका डाक्टर पङ्कज जलानको टोली खटिएको बताइएको छ ।

काठमाडौं : नेपाल आएका भारतीय चर्चित गायक सोनु निगम बिरामी परेपछि अस्पताल भर्ना भएका छन् । गायक निगमलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्वस्थ निगमको उपचार भइरहेको नर्भिक अस्पतालले जनाएको छ । उनका उपचारमा नर्भिकका डाक्टर पङ्कज जलानको टोली खटिएको बताइएको छ ।