एजेन्सी । एक वर्षअघि १३ हजार करोड रुपैयाँको घोटालाको सिकार भएको पञ्जाब नेसनल बैङ्क पन्जाब नेसनल बैङ्क (पीएनबी) फेरि मुनामा कमाउने स्थितिमा आइपुगेको छ । भारतको यो सबैभन्दा ठूलो बैङ्किङ घोटलाको छानबिन चलिरहँदा आगामी आर्थिक वर्ष २०१९/२० मा बैङ्कको ऋण प्रोफाइल पनि निकै भएको पाइएको छ ।
पीएनबीले डिसेम्बरको त्रैमासिकमा अनुमानभन्दा राम्रो प्रदर्शन गरेर सबैलाई आश्चर्यचकित बनाएको छ । बैङ्कले घोटला र फसेको कर्जाको रकमको सट्टामा उचित फन्ड तयार गर्न सफल भएको छ । तर बैङ्कलाई मार्च २०१९ मा सकिने चालू आर्थिक वर्षमा ५९८४ करोड रुपैयाँ घाटा हुने अनुमान छ । तर रेफिनिटिभ तथ्याङ्कको अनुसार विज्ञहरुले नयाँ आर्थिक वर्षमा बैङ्कको फाइदाको अनुमान गरेका छन् ।
विज्ञको अनुमानको अनुसार पीएनबीलाई मार्च २०२० मा पूरा हुने आर्थिक वर्षमा २२६६ करोड रुपैयाँ मुनाफा हुनेछ, जो बैङ्कको पछिल्लो पाँच वर्षमा भएको मुनाफाको सर्वोच्च स्तर हुनेछ । त्यसरी नै आर्थिक वर्षमा पीएनबीको ऋण प्रोफाइन पनि ८.३३ प्रतिशतले बढ्ने अनुमान छ । ऋण वृद्धिको यो रेट पछिल्लो चार वर्षमा सबैभन्दा धेरै हो । साथै बैङ्को कुल सम्पत्तिमा पनि पछिल्लो दुई वर्षको तुलनामा ज्यादा दरले बढ्ने बताइएको छ ।
२०१८ को फेब्रुअरी महिनामा पीएनबीले जब नीरव मोदी र मेहुल चोकसीको सञ्चालनमा रहेका दुई गहना कम्पनी समूहले बैङ्कमा १३ हजार करोड रुपैयाँको घोटला गरेको बताएपछि सनसनी फैलिएको थियो । त्यसपछि पीएनबी बैङ्कको सेयरमा पनि गिरावट आएको थियो । साथै बैङ्कले तीन त्रैमासिकसम्म नोक्सानी उठाउनुपर्यो ।