सरकारको प्रशंसा नगरी स्वतन्त्र रूपले पत्रकारीता गर्नुस—बास्कोटा

राष्टिय समाचार समितिको ५८ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन्

काठमाडौं । सुचना तथा प्रविधि मन्त्री गोकुल वास्कोटाले सरकारको प्रशंसा नगरी स्वतन्त्र रूपले पत्रकारीताको मर्मअनुसार समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । राष्टिय समाचार समितिको ५८ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन्

उनले रासस नेपालको पहिलो नम्वरको वास्तविक समाचार दिन संस्था बन्नुपर्ने बताए । ‘रासस नेपालको नम्वर वान न्युज प्रोड्युसर हाउस बनोस् । फेक न्युज होइन्’ उनले भने, ‘सरकारको मात्रै प्रशंसा मात्रै गर्नुपर्छ भन्ने छैन ।’
उनले सरकारी सञ्चार माध्यम भएपनि स्वतन्त्र रूपले पत्रकारीको मर्म र धर्म कायम गर्दै सुचना सम्प्रेषण गर्न आग्रह गरे ।

उनले सरकारी मानसिकता त्यागेर पत्रकारीताको मानसिकता लिन आग्रह गरे ।