सांसद विकास कोषको रकम हिनामिना गर्ने १८ जना विरुद्ध भष्ट्राचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख इन्जिनयर जगदीश शर्मा लगायत १८ जना विरुद्ध विशेष अदालतमा मंगलबार भष्ट्राचा मुद्धा दायर गरेको हो ।

काठमाडौं । सांसद विकास कोषको रकम हिनामिना गर्ने उपभोक्ता समितिसहित १८ जनाविरुद्ध भष्ट्राचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख इन्जिनयर जगदीश शर्मा लगायत १८ जना विरुद्ध विशेष अदालतमा मंगलबार भष्ट्राचार मुद्धा दायर गरेको हो ।

सांसद कोषबाट बिनियोजित रकमबाट निमार्ण गरिएको ग्रामीण विद्यत्तीयमा उपभोक्ता समितिका पदाधिकारीले भष्ट्राचार गरेको अख्तियारको दाबी छ । ५ लाख रुपैयाँको पोल गाडेर १५ लाख रुपैयाँ सांसद विकास कोषको रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

आरोपी १८ जनाबाट १० लाख रुपैयाँ राज्यकोषमा भराउनुपर्ने अख्तियारको दाबी छ ।