भारतमा स्वाइनफ्ल्युबाट डेढ महिनामै ३७७ को मृत्यु!

नयाँ दिल्ली । भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन्।

बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइनफ्ल्यूका कारण दुई हजार २७८ जना प्रभावित भएका छन्। ती मध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधिलगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन्।