बलेवा महोत्सवको अवसरमा समाजसेवी पौडेलले आफ्ना बाबु भिमनाथको सम्झनामा बुधबार बागलुङ नगरपालिका वडा नं ११ नारायणस्थनमा रहेको क्याम्पसलाई १० लाख एक हजार एक सय पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । आफ्नो गाउँको शैक्षिक विकासमा सहयोग पुगोस भनेर सहयोग गरेको पौडेलले बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडलले गृह जिल्लामा आफ्ना बाबुको स्मृतिमा कृष्णगण्डकी क्याम्पसमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बलेवा महोत्सवको अवसरमा समाजसेवी पौडेलले आफ्ना बाबु भिमनाथको सम्झनामा बुधबार बागलुङ नगरपालिका वडा नं ११ नारायणस्थनमा रहेको क्याम्पसलाई १० लाख एक हजार एक सय पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । आफ्नो गाउँको शैक्षिक विकासमा सहयोग पुगोस भनेर सहयोग गरेको पौडेलले बताए ।
क्याम्पसमा कोष स्थापना गर्ने महोत्सव सञ्चालन गरिएको हो । सहकारीकर्मी पौडेलले यस अघि पृथ्वी उच्च मावि अमलाचौरमा करिब १० लाख रुपैयाँको लागतमा भिम पुस्तकालय स्थापना गर्न सघाएका थिए । प्रभु बैंका पूर्व बोर्ड अफ डाइरेक्टर पौडेलले आफ्ना बाबुको सम्झनामा भिमनाथ शर्मा पौडेल स्मृति कोष स्थापना गरेर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
स्वर्गीय भिमनाथको अर्धकदको शालिक क्याम्पस प्राङ्गणमा राख्ने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमल जिसीले बताए । महोत्सवमा पौडेलले बलेवाको एयपोर्टलाई सञ्चालन गर्नुपर्ने बताए । उनले बलेवालाई व्यावसायिक हबको रुपमा विकास गर्नुपर्ने धारणा राखे । कालिगण्डकी करिडोले बलेवाका जनताको जीवन परिवर्तन गर्न सक्ने बताए । ‘बलेवा क्षेत्र उत्पादनको हिसाबले उपयुक्त क्षेत्र हो,’ उनले भने ‘यहाँ उत्पादन गरेको उत्पादित वस्तु बजार पु¥याएर स्थानीयको जीवनमा परिवर्तन ल्याउनु पर्छ ।’महोत्सवको सातौं दिनसम्म विभिन्न संघ संस्था तथा वैदेशिक रोजगारका लागि विदेश गएका नेपालीहरुबाट ४८ लाख रुपैयाँ संकलन भएको छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी, रमाइलो मेला, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनसँगै क्याम्पसको शैक्षिक विकासमा सघाउ पु¥याउन महोत्सव सञ्चालन गरेको आयोजकले जनाएका छन् । महोत्सव आगामि १२ गतेसम्म सञ्चालन हुनेछ ।