बिहीवार सार्वजनिक लेखा समितिकाे बैठकमा बोल्ने समिति सदस्यले वाइडबडी खरिद प्रक्रिया सेलाउँदै गएको, नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयले झुटा विवरण पेस गरेको, बैठकका एजेन्डाबारे सदस्यलाई पूर्व जानकारी नगराइएको, उखु किसानको समस्या र चिनीको मूल्य निर्धारणका विषयमा समितिले विगतमा गरेका निर्णयहरु कार्यान्वयन नभएप्रति समितिको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौ । समितिले विगतमा गरेका निर्णय र निर्देशनको कार्यान्वयनमा संवेदनशील बन्नुपर्ने सांसदहरूले जोड दिएका छन् ।
बिहीवार सार्वजनिक लेखा समितिकाे बैठकमा बोल्ने समिति सदस्यले वाइडबडी खरिद प्रक्रिया सेलाउँदै गएको, नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयले झुटा विवरण पेस गरेको, बैठकका एजेन्डाबारे सदस्यलाई पूर्व जानकारी नगराइएको, उखु किसानको समस्या र चिनीको मूल्य निर्धारणका विषयमा समितिले विगतमा गरेका निर्णयहरु कार्यान्वयन नभएप्रति समितिको ध्यानाकर्षण गराएका थिए ।
समिति सदस्य हृदयेश त्रिपाठीले समितिले निर्णय गरेपनि कार्यान्वयनमा गम्भीर नहुँदा समितिको शाख गिर्न सक्ने बताए । त्यस्तै, सदस्य प्रेम अालेले चिनी उद्योगी र सरकारसँग विगतमा ६३ रुपैयाँमा बिक्री गर्ने सहमति भएपनि अहिले चिनीको मूल्य बढ्न सक्नेप्रति ध्यानाकर्षण गराए । उनले समितिले गरेका निर्णय र निर्देशनमा गम्भीर नभए खारेज गर्नुको विकल्प नरहेको बताए ।
अर्का सदस्य राजन केसीले सार्वजनिक खरिद एेन ठूलालाई चैन, सानालाई एेन भएकाले नियमावलीमा सुधार गर्न समितिको ध्यान पुग्नुपर्ने बताए । बैठकमा नेपाल वायु सेवा निगमले वाइडबडी खरिदमा गरिएको ठेक्का कार्यकारी अध्यक्षले खारेज गरिएको नेपाल एयरलाइन्स कम्पनीका पक्षबाट समितिलाई जानकारी गराइएको थियो ।
त्यस्तै, रेल्वे तथा मेट्रो विभागले र भैरहवा विमानस्थलको ठेक्का प्रक्रियामा भएको कार्टेलिङका बारेमा निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष र पदाधिकारीले समितिमा जानकारी गराएका थिए ।