फागुन १ मा रोजगार दिवस

‘प्रधानमन्त्री रोजगार कार्यक्रम ’ सार्वजनिक गरेको दिनलाई उत्सवको रुपमा मनाउन प्रत्येक बर्ष रोजगार दिवसको रुपमा मनाउने मन्त्री परिषदको बैठकले निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवंम प्रक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

काठमाडौ । सरकारले फागुन १ गतेलाई रोजगार दिवसको रुपमा मनाउने भएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम ’ सार्वजनिक गरेको दिनलाई उत्सवको रुपमा मनाउन प्रत्येक बर्ष रोजगार दिवसको रुपमा मनाउने मन्त्री परिषदको बैठकले निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवंम प्रक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ’प्रधानमन्त्री रोजगार कार्यक्रम ‘ सार्वजनिक गर्दै फागनु १ लाई रोजगार दिवसको रुपमा मनाउने बताइसकेका थिए ।