रिलायन्स क्यापिटलले निप्पोन लाइफ इन्स्योरेन्सलाई आरएनएएमको ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान

सर्वोच्च अदालतले ५५० करोड बक्यौता रकम तिर्न चार हप्ताको ताकेता गरेको एक दिनपछि अम्बानीले आरएनएएमको सेयर बिक्री गर्ने समाचार आएको हो ।

एजेन्सी । अनील अम्बानीको रिलायन्स क्यापिटलले बिहीबार जापानको निप्पोन लाइफ इन्स्योरेन्सलाई रियलायन्स निप्पोन लाइफ एसेट मेनेजमेन्ट (आरएनएएम)को ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान गरेको छ । सर्वोच्च अदालतले ५५० करोड बक्यौता रकम तिर्न चार हप्ताको ताकेता गरेको एक दिनपछि अम्बानीले आरएनएएमको सेयर बिक्री गर्ने समाचार आएको हो ।

जापानी लाइफ इन्स्योरेन्स कम्पनी निप्पोनले यसअघि नै आरएनएएमबाट ४२.८८ प्रतिशत सेयर खरिद गरेको छ । आरएनएएम रियलायन्स म्युचुअल फन्ड आरएमएफको सम्पत्ति व्यवस्थापन संस्था हो ।

रिलायन्स क्यापिटल लिमिटेडले आफ्नो साझेदार निप्पोन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आरएनएएमको थप ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान गरेको छ । तर, कम्पनीले यस विषयमा अन्य कुनै विवरण उपलब्ध गराएको छैन ।