एनसेलको मुख्यालयमा अज्ञात समूहद्धारा बम विष्फोटः तीन घाइते, दुई गम्भीर

घटनाको अनुसन्धान भईरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट भएको छ।

अज्ञात समूहले शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा शक्तिशाली बम बिस्फोट गराएको हो।

बम बिस्फोटमा परी २ जना स्टाफ नर्ससहित ३ जना गम्भीर घाइते भएका छन्। घाइतेको मेडसिटी अस्पतालमा उपचार भइरहेको छ।

एसएसपी रविन्द्र धानुकका अनुसार विस्फोटमा परी घाइते हुनेहरूमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरूङ र उरुषा मानन्धर छन्।

काभ्रेकी २५ वर्षीया उरूषा मेडिसिटी अस्पतालकै नर्स हुन्। यस्तै बाग्डोल बस्ने २६ वर्षीया प्रतिक्षा र लमजुङका ४९ वर्षीय सिंहप्रसाद गम्भीर घाइते भएका छन्। उनीहरूलाई पनि मेडिसिटी अस्पतालमै रेफर गरिएको छ। यसअघि सिंहप्रसादलाई बिएण्डबी र प्रतिक्षालाई अल्का लगिएको थियो।

ठूलो आवाजसहित भएको बिस्फोटले वरिपरिका घरका सिसा फुटेका छन्।  मान्छेहरू आत्तिएर सडकमा निस्किएका थिए।