आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले बम विस्फोट विप्लव नेतृत्वकै पार्टीले गराएको दाबी गरे ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गएको शुक्रबार एनसेल मुख्यालयलगायत देशभरका एनसेल टावरमा बम विस्फोट गराउने विप्लव माओवादी नै भएकोे दाबी गरेका छन् ।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले बम विस्फोट विप्लव नेतृत्वकै पार्टीले गराएको दाबी गरे ।
बैठकमा बोल्दै मन्त्री थापाले भने, ‘बम विस्फोटमा विप्लवकै हात छ, घटनापछि १६ जना विप्लव पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।’
‘विप्लव पार्टीले विगतमा गरेका हिंसात्मक उपद्रव गरेकै हुन्, सरकारले गम्भीरताका साथ हेरेको छ,’ मन्त्री थापाले भने ।
गत शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा बम विस्फोटमा लमजुङका सिंहप्रसाद गुरूङको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।