युद्ध जित्नका लागि अमेरिकाले लामो खेल खेल्नु पर्नेछ, विश्व कूटनीतिमा ध्यान र सचेतपूर्वक संलग्न रहनुपर्नेछ र नेटो तथा युरोपेली युनियनलाई कुनै पनि अप्रिय वहुपक्षीय सङ्गठनको सट्टा प्रभाव पार्ने महत्त्वपूर्ण हतियारका रुपमा लिनु पर्नेछ । सजायले काम नगरे पुरस्कारको उपाय अपनाउनु पर्नेछ ।
एजेन्सी । विश्वकै ठूलो टेलिकम उपकरण तथा दोस्रो ठूलो मोबाइल फोन निर्माणकर्ता चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकी खुला आक्रमणले दुई मुलुकबीच शक्ति प्रतिस्पर्धाले अर्बौं डलरको व्यापार भविष्य अस्तव्यस्त देखिन्छ ।
यसले रणनीतिक संलग्नताबाट प्रतिस्पर्धातर्फ गैरहेको ट्रम्पको चिनियाँ नीतिको पनि महत्त्वपूर्ण प्रमाण दिइरहेको छ ।
यो युद्ध जित्नका लागि अमेरिकाले लामो खेल खेल्नु पर्नेछ, विश्व कूटनीतिमा ध्यान र सचेतपूर्वक संलग्न रहनुपर्नेछ र नेटो तथा युरोपेली युनियनलाई कुनै पनि अप्रिय वहुपक्षीय सङ्गठनको सट्टा प्रभाव पार्ने महत्त्वपूर्ण हतियारका रुपमा लिनु पर्नेछ । सजायले काम नगरे पुरस्कारको उपाय अपनाउनु पर्नेछ । चीनले नेतृत्व गरेको बजारमा नयाँ प्रविधिको विकल्प उत्पत्ति गर्नुपर्छ र चीनको हात माथि भएका ठाउँमा अनभिज्ञको भूमिका खेल्नु पर्नेछ ।
विज्ञान र व्यापारिक प्रतिस्पर्धाका रुपमा सुरु भएको यो शृङ्खला अहिले प्रविधिको प्रतिस्पर्धामा प्रतिस्थापन भैसकेको छ । अमेरिकी सांसद, पश्चिमी गुप्तचर अधिकारीदेखि चारतारे जनरलहरुले पनि अहिले अमेरिका र उसका साझेदार मुलुकहरु फाइभ–जी विकास गर्न नराम्ररी पछि परेको भनी गिज्याइरहेका छन् । सुरक्षा, औचित्य, दूरगामी तथा युगान्तकारी भएको फाइभ–जी चीनले विकास गरेको हो ।
‘यदि चीनले २१ औं शताब्दीको डिजिटल पूर्वाधारमा कब्जा गर्यो भने यसले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि यसको दुरुपयोग गर्नेछ र यसले अमेरिका र उसका साझेदारसँग सौदा गर्ने विषाक्त आधार पाउनेछ,’ जनरल जेम्स एल जोनसले अट्लान्टिक परिषद् रणनीतिक अन्तरदृष्टिमा लेखेका छन् । उनी अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा नेटोका सर्वोच्च साझेदार कमान्डर हुन् ।
यो चुनौतीको महत्त्व तीन मुद्दाका परिणामहरुमा छन् । पहिलो फाइभ–जी प्रविधिको गेम चेन्जिङ प्रकृति, हुवावेको तीव्र विकास एवम् वृद्धि तथा विकासका धेरै भागमा तयारीको वैकल्पिक अभाव ।
फोरजी वायरलेस प्रविधिमा पहिलो भएपछि अमेरिकाले मोबाइल प्लेटफर्ममा फेसबुकदेखि नेटफ्लिक्ससम्ममा वर्चस्व कायम गरेको थियो । वायरलेस व्यापार सङ्गठन सीटीआईएले निकालेको एउटा प्रतिवेदनमा टेलिकम अनुसन्धान कम्पनी रेकोन एनालाइटिक्सका रोजर इन्टनर भन्छन्,– फोरजी वायरलेस प्रविधिको विकासपछि अमेरिकी आयमा एक खर्ब २५ अर्ब डलर वृद्धि हुनुका साथै वायरलेससम्बन्धी रोजगारी सङ्ख्यामा २५ लाखदेखि ४६ लाख वृद्धि भएको थियो ।
इन्टरनेटसँग जडान हुने उपकरणहरुको तीव्र वृद्धिले फाइभ–जीमा भएको अत्याधुनिक प्रविधिमा अझ नाटकीय परिणाम आउनेछ । इन्टनरका अनुसार एक वर्ग किलोमिटरभित्र फोरजीले दुई हजार उपकरणलाई कनेक्ट गराउन सक्छ भने फाइभ–जीले सजिलै दशौं लाख उपकरणमा कनेक्ट गराउन सक्छ । फाइभ–जीको एकदमै तीव्र गति र असङ्ख्यौं सैन्य एप्लिकेसनका कारण यसले फाइभ–जी नेटवर्कमा चिनियाँ उपकरणको उच्च प्रयोग हुने सम्भावनाको खतरा निम्त्याउने अमेरिकी अधिकारीहरु विश्वास गर्छन् ।
समस्या हुवावेको, यसको पहुँच यति व्यापक र वैश्विक भइदियो कि अमेरिकी आक्रमणले यसको गतिलाई केही ढिलो बनाउनुका साथै कतिपय देशमा रोक्न त सक्छ, तर यसको अवस्थालाई फर्काउन भने सक्दैन । अहिले विश्वमा प्रविधि प्रभावका दुई ध्रुवको खतरा देखिन सुरु भएको छ । हुवावेका प्रयोगकर्ता चिनियाँले प्रत्यक्ष वा अप्रत्यक्ष अनुदानसहित राम्रो मूल्य र असल सेवासहित अत्याधुनिक उपकरण उपलब्ध गराइरहेको तर्क गर्छन् । अहिले हुवावेमा १७० ओटा मुलुकमा एक लाख ८० हजार कर्मचारी छन्, जसमध्ये ८० हजार खोज र विकासमा लागेका छन् ।
कुनै पनि देशका लागि हुवावेलाई आफ्नो तत्कालको नेटवर्कबाट हटाउन वा फाइभ–जी विकासबाट आफूलाई अलग्याउन पैसा र समय दुवैमा प्रत्युत्पादक बन्न सक्छ । यसले उनीहरुका लागि अर्बौं डलरको घाटा र फाइभ–जीको विकासमा दुई वर्षको ढिलाइ गराउन सक्छ । युरोपेली बजारको एक तिहाइ र केही देशका बजारमा ७० प्रतिशतभन्दा धेरै नियन्त्रण जमाउन दशकअघि नै हुवावेले सुरु गरिसकेको हो ।
जनरल जोनसले पछिल्लो महिनाका धेरै समय युरोपमा चीनको फाइभ–जी खतराको चेतावनी दिनमा बिताए, किनभने अमेरिका पनि फाइभ–जी नेटवर्कको लन्च गर्ने प्रक्रिया नजिक रहेका कारण उसको ध्यान धेरै त्यही विषयमा छ । जोनसले आफ्ना सहकर्मीसँग यो प्रतिस्पर्धालाई पैसा र समयमा मापन नर्ग बढी अर्थपूर्ण हुने बताए ।
जोनसले भने, ‘यो प्रतिस्पर्धा र यसको परिणामको महत्त्व २०औं शताब्दीमा चन्द्रमामा मानिस पुग्ने म्यानहट्टन परियोजनाकै स्तरमा पुगिसकेको छ । चिनियाँ विकल्प रोज्ने मुलुकहरु यस्तो परिणाममा पुग्नेछन् जसले गर्दा उनीहरु जति अगाडि बढ्छन् यो निर्णयमा उनीहरुलाई पछाडि फर्कन त्यति नै महँगो पर्नेछ ।’
डोनाल्ड ट्रम्पको अप्रोच
म्युनिख सुरक्षा सम्मेलनमा पछिल्लो हप्ता बोल्दै साझेदार सरकारका अधिकारीले यो मुद्दामा ट्रम्प प्रशासनको अप्रोच त्रूटिपूर्ण रहेको बताउँछन् ।
ट्रम्प प्रशासनको मुद्दामाथि सहानुभूति राख्ने एउटा नेटो सदस्य मुलुकका रक्षामन्त्रीले अमेरिकी अधिकारीहरुलाई अमेरिकाले ग्लोबल चीन रणनीतिबारे सम्पूर्ण तत्त्वहरु नेटोका अगाडि राखिदिने हो भने यसअघि सोभियत युनियनलाई गरेझैं नेटो सदस्यले र्याल्ली गरेर अमेरिकाको त्यो समस्यामा पनि सहयोग गर्ने बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका एक जना अधिकारीले भने हुवावेकी वित्तीय प्रमुख मेङ वानझाउको क्यानाडेली गिरफ्तारीमा आफूले हस्तक्षेप गर्नसक्ने बताउँदा त्यसले अमेरिकी मुद्दामाथि प्रभाव पुर्याएको बताएका थिए । त्यसपश्चात् बिहीबार चीनका विशेष प्रतिनिधि लिउ हिसँग वाशिङटनमा ट्रम्पले शायद हुवावेलाई प्रतिबन्ध लगाउनु पर्ने आवश्यक नरहनसक्ने सङ्केत दिएका थिए । उनले ट्वीटमार्फत् भनेका थिए, ‘म अमेरिकाले प्रतिस्पर्धामार्फत् जितोस् भन्ने चाहन्छु, न कि कुनै पनि अत्याधुनिक प्रविधिलाई ब्लक गरेर ।’
राष्ट्रपतिको यस्तो वक्तव्य उनका प्रशासनका अधिकारीहरुका अगाडि फरक देखियो जसले चिनियाँ व्यापार सम्झौतालाई बन्द गर्ने ट्रम्पको इच्छा
केही अधिकारीहरु त ट्रम्प यो मामिलामा थप अगाडि बढुन् भन्ने चाहन्छन् । उनीहरु अमेरिकी कम्पनीले कुनै पनि हुवावेको प्रविधि खरिद गर्न नपाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गरुन् भन्ने चाहन्छन् ।
बिहीबार विदेशमन्त्री पोम्पियोले फक्स बिजनेस नेटवर्कसँग बोल्दै क्रिटिकल पूर्वाधारका रुपमा हुवावेलाई प्रयोग गर्ने युरोपेली साझेदारले अमेरिकी गुप्तचरी साझेदारबाट अलग्गिनु पर्ने बताएका थिए ।
यद्यपि चीनसँग फाइभ–जीका विषयमा मार्ग परिवर्तन गर्नका लागि अमेरिकालाई स्थिरता, प्रयोजनमा स्पष्टता, कूटनीतिको तैनाथी र चिनियाँ रणनीतिलाई फ्रेमिङ गर्ने कमीलाई पूरा गर्नुपर्ने देखिन्छ ।
यो समयको एउटा अप्ठ्यारो प्रश्नलाई अमेरिकाले उत्तर दिनुपर्नेछ कि अर्थतन्त्र र सप्लाई चेनहरु एक अर्कासँग गहिरोरुपमा जेलिएको यो अवस्थामा अमेरिकाकै निकट साझेदार पनि बेइजिङलाई पछि पार्न अमेरिकी नेतृत्व पछ्याउन नमानी रहेको अवस्थामा अमेरिकाले चीनसँग वैश्विक मन्चमा कसरी प्रतिस्पर्धा गर्ला त ?