चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदुर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । 

होहोट । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदुर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् ।

जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

चीनका कोइलासमेत अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छन् । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।  रासस/सिन्ह्वा