नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)लाई बधाइ तथा सम्मान गर्न आयोजित कार्यक्रममा श्रेष्ठले कृषि पत्रकारहरुले वास्तविक नेपाली किसानको हकहित र समस्या खोतल्न जरुरी रहेको बताए ।
काठमाडौं । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिक्षेत्रलाई हेला र तल्लो दर्जाको पेशाभन्दा पनि सम्मानजनक पेशाको रुपमा विकास गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ‘अहिले कृषिक्षेत्रलाई अत्यन्त हेला र तल्लो दर्जाको पेशाको रुपमा हेरिदैं’ उनले थपे, ‘यसले समग्र अर्थतन्त्रमै असर पु¥याएको छ । त्यसैले सरकार र सञ्चार माध्यमले यसलाई निरुत्साहीत गर्न जरुरी छ ।’
नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)लाई बधाइ तथा सम्मान गर्न आयोजित कार्यक्रममा श्रेष्ठले कृषि पत्रकारहरुले वास्तविक नेपाली किसानको हकहित र समस्या खोतल्न जरुरी रहेको बताए ।
जोनाको नयाँ कार्यसमितिले पनि नेपाली किसानहरुको हकहितमा कलम चलाउने विश्वास लिएको उनको तर्क छ । सरकारले पनि कृषि क्षेत्रलाई हेर्ने दृष्टि बदल्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, जोनाका नबनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरेले आम किसानसमस्या र आयोगले अघि बढाएका कार्यक्रममा केन्द्रीत भएर जोनाले सहयोग पु¥याउने बताए ।
राष्ट्रिय किसान आयोगले जोनाको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा दोसल्ला ओडाएर सम्मान गरेको थियो । २ बर्षका लागि जोनाको १३ सदस्यीय कार्यसमिति चयन भइसकेको छ ।
तस्विरः सुजन गुरूङ