अमेरिकाको सियाटलस्थित यो गेलाकार कार्यालयको उद्घाटन २९ जनवरीमा हुनेछ । अनौठो र यसमा भएका विशेषताले अहिले निकै चर्चामा छ ।
सात वर्षको योजना र निर्माणपछि अमेजनको नयाँ कार्यालय तयार भएको छ । अमेरिकाको सियाटलस्थित यो गेलाकार कार्यालयको उद्घाटन २९ जनवरीमा हुनेछ । अनौठो र यसमा भएका विशेषताले अहिले निकै चर्चामा छ । यसका केही मुख्यमुख्य आकर्षण र विशेषता हेरौं ।
बर्खायाममा जङ्गलमा बसेको अनुभूति
अमेजनका कर्मचारी अब अफिसभित्र ढुङ्गामाथि हिँड्ने छन्, झरनाका छेउछाउमा बस्नेछन् तथा हजारौं बोटबिरुवाका बीचमा प्रकृतिसँग रहनेछन् । वास्तवमा अमेजनका संस्थापक जेफ बेजोसले कार्यालयमा वर्षा ऋतुको उपवन नै ल्याएका छन् ।
निर्माण खर्च
विशाल ईकमर्स कम्पनीले आप्mनो गोलाकार नयाँ कार्यालयका लागि ४ अर्ब डलरको ठूलो राशि खर्च गरेको छ ।
अतुलनीय आर्किटेक्चर
स्टिलका फ्रेम र शिशाले ढाकिएको यस भकुण्डोभित्र ८ सयभन्दा बढी कर्मचारी बस्नेछन् । यो गोलार्ध लगभग २ हजार ६ सय कोणात्मक ग्लास प्यानलबाट बनेको छ । यसमा भएको बोटबिरुवाहरुलाई सूर्यको किरण नछेकिने गरी पाताहरु छापिएको छ ।
वैकल्पिक सोच
यहाँ कर्मचारीहरुलाई आरामपूर्वक काम गर्ने वातावरण हुनेमा अमेजन आशावादी छ । को उम्मीद है कि यहां कर्मचारियों को आरामदायक माहौल मिलेगा । यसका साथै यसको ब्रान्ड इमेज पनि एउटा इनोभेटिभ कम्पनीको रूपमा बन्ने छ । में बनेगी । क्यालिफोर्नियामा सन् १९६९ मा रोपिएको ५५ फुट अग्लो एउटा वृक्षलाई क्रेनद्वारा त्यहाँ ल्याइएको छ । जम्मा १६ हजार ३ सय २९ किलो तौलको उक्त वृक्षलाई छतमा प्वाल पारेर गोलाकार कार्यालयभित्र सारिएको छ ।
विश्वभरिबाट ४० हजार बोटबिरुवा
यो तीन गोलाकार प्रारुपले मिलेर बनेको छ । जसमा सबैभन्दा ठूलो ९० फुट अग्लो र १ सय ३० फुट चौडा छ । यो पाँचतले भवनमा विश्वभरिबाट ल्याइएका ४० हजार बोटबिरुवा लगाइएको छ । अफिसमा अलग–अलग स्थानको तापक्रम फरकफरक छ ।