कसले लेला मासिक एक लाख डलरको अपार्टमेन्ट ?

घरको इलिभेटर र वायुको चाप थप गरी निर्माण सम्पन्न गरिएको भवनमा, तीनओटा सुत्ने कोठा र साढे तीनओटा स्विमिङ पुलसहित ३७९० वर्ग फिटमा फैलिएको छ ।

संयुक्त राज्य अमेरिकाअन्तर्गत लोरो पियना निकायका पूर्वअध्यक्ष पियर ग्युएर्सी आफ्नो फिप्mथ एभेन्यु पेन्टहाउस अपार्टमेन्ट छोड्न तयार थिएनन् । सन् २००० मा खरिद गरिएको नौकोठे आलिसान भवनलाई ८ वर्ष लगाएर वास्तविक रुपमा केही फेरबदल गरी पुनर्निर्माण गरी भव्य भवनमा रुपान्तरित गरिएको थियो ।

सो अपार्टमेन्ट ७९औं स्ट्रिट, फिफ्थ एभेन्युको केन्द्रमा अवस्थित छ । घरको इलिभेटर र वायुको चाप थप गरी निर्माण सम्पन्न गरिएको भवनमा, तीनओटा सुत्ने कोठा र साढे तीनओटा स्विमिङ पुलसहित ३७९० वर्ग फिटमा फैलिएको छ । त्यस्तै गरी, अतिरिक्त २७६० वर्ग फिट जग्गामा विभिन्न सुगन्धित फुलहरुको बोट बिरुवा तथा रुखहरु रोपिएका छन् ।

हाम्रो टेलिफोन सम्पर्कमा कुराकानी गर्दै ग्युएर्सी भन्छन्, ‘यो एउटा स्वर्ग हो । देशको रमणीय तथा सुन्दर र व्यस्त ठाउँ न्युयोर्कबाहेक यो एउटा अचम्मको ठाउँ हो । उनले थप्दै भने, यो अपार्टमेन्टमा तीनओटा बाहिरी आनन्दमय स्नान कक्ष छन् । लोरो पियनामा जागिर छाडेर, केही वर्ष आफ्नो व्यक्तिगत करियरलाई थन्काएर विश्व भ्रमणमा निस्केका ग्युएर्सी वास्तवमा आफ्नो भव्य र आलिसान अपार्टमेन्टलाई वर्षौं दिनसम्म खाली छोडेर वा बेचेर जान चाहँदैनथे । अनन्त अगष्ट महिनामा, उसले आफ्नो भव्य भवनलाई भाडामा दिने निर्णय गरेर घर÷अपार्टमेन्ट भाडामा लगाउन ब्रोकर लाइटन क्यान्डलरकहाँ पुगे ।

ग्युएर्सी भन्छन्, यो कुनै फेरबदल गरिराखिने सम्पत्ति हैन । सहरमा धेरै र विभिन्न प्रकारका अपार्टमेन्ट छन् तर यो स्थानमा भएको यो अपार्टमेन्टमा केही विशेषता छ । उनले थप्दै भने, अद्भुत छ । यो कुनै ६० तलामा भएको हेलिकप्टरबाट देखिने साधारण अपार्टमेन्ट हैन । यो एउटा अद्भुत अनुभूति दिने अपार्टमेन्ट हो ।

इच्छुक भाडावाला
यस्तो भिन्न विशेषता भएको अदभूत अनुभूति गराउने अपार्टमेन्टका लागि वार्षिक १० लाख डलरभन्दा बढी तिर्ने सामथ्र्य भएको व्यक्ति फेला परेनन् । भाडामा लिन इच्छा भएको व्यक्ति भने नपाएको होइन, तर छोटो समयका लागि मात्र लिन इच्छुक भएको तर लामो समयसम्म भाडामा लिन कसैमा इच्छा भएको पाइएन ।

‘यो घर हेरीकन, उनले जोड दिँदै भने, ‘मूल्य केही होइन ।’ तपाई ठूला र महँगा भाडा भएको होटललाई एक पटक विचार गर्नुस् त । उच्चस्तरीय तथा आनन्दमय भए तापनि अपार्टमेन्टसँग दाँज्न नसकिने भन्छन्, ‘ग्युएर्सी, अपार्टमेन्टको सरसफाई, हेरचाह गर्नका लागि पाले र माली राखिएको छ, जसले दिनदिनै काँटछाँट तथा पानी हालेर फूलको हेरचार गर्छन् ।’

अपार्टमेन्टमा तीनओटा आनन्ददायी शयनकक्ष छन् । त्यहाँ वास्तु पनि छ । इटालियन आर्किटेक्ट मिसा पोगी जसले विश्वभरिका लोरो पियना स्टोरहरुमा पनि ग्युएर्सीसँग मिलेर काम गरेका छन् । उनले अपार्टमेन्टको आन्तरिक सजावटमा काम गरेका छन् । यो अपार्टमेन्टका बारेमा न्युयोर्क म्यागजिन, द न्युयोर्क टाइम्स स्टाइल म्यागजिनसमेत अन्यत्र पनि वर्णन गरिएको छ । लेखकले अपार्टमेन्टको सजावटमा प्रयोग गरिएको गाढा नीलो कश्मिरी प्यानलको चर्चा गरेका छन् जुन ग्युएर्सीले अपार्टमेन्टको मुख्य द्वारमा लगाएका छन् ।

‘अनि बाहिरी भाग त झन् रमणीय र विशाल छ’, उनी भन्छन्, ’यहाँ ३० जनासम्मले आरामसाथ एकैपटक भोजन गर्न सकिन्छ’ ।

भीडभाडले भरिएको ठाँउ
‘बदलिँदो र बढ्दो भीडभाड भएको न्युयोर्क जस्तो रेन्टल मार्केटको महँगो ठाँउमा यो अपार्टमेन्टले अपुग हुन्छ’, मिल्लर स्यामुएल इन्कका मूल्याङ्कन अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत जोनाथन मिल्लर भन्छन्’ । ‘बितेका केही वर्षअघि हेर्दा आज यस्तो सुख सुविधा तथा विलासिताप्रति धेरै आकर्षण बढेको पाइयो’, उनी भन्छन्, ‘बजारमा जति सुख सुविधा र विलासिताका वस्तुहरुको वृद्धि भएको छ त्यति नै बजार विशाल रुपमा फस्टाउँदै छ’ ।

मिल्लर भन्छन्, ‘जति विलासिताका सुविधा वृद्धि भएता पनि यस्ता सुख सुविधा तथा विलासितालाई अपनाउने क्षमता भएको सङ्ख्या भने बढ्न सकेको छैन । कति जना छन् त्यो विलासितामा खर्च गर्न सक्ने ?’ मिल्लर प्रश्न गर्दै, उत्तर पनि आफै दिँदै भन्छन्, ‘एकदम न्यून सङ्ख्यामा तर पनि पाइन्नन्’ ।

एक नजरले शहरमा हाल उपलब्ध केही महँगा भाडा भएको भवन/अपार्टमेन्टहरुः कोर्कोरन– जसले पियरा होटलमा छ बेडरुमको भाडा सबैभन्दा महँगो ५ लाख डलर प्रति महिना लिन्छ । उसले त्यही होटलमा अन्य ३ओटा अपार्टमेन्ट ७५ हजारदेखि १ लाख २५ हजार डलरमा भाडामा लगाउँछ । कोर्कोरनले अरु ठाँउमा भने सात तले एकल पारिवारिक टाउनहाउस महिनाको मुस्किलले ७० हजार डलरमा भाडामा दिने गर्छ ।

‘मैले यो अपार्टमेन्टको मूल्य १ लाख अमेरिकी डलर नै सही मूल्य हो भन्न चाहिँ खोजेको होइन’, ग्युएर्सी भन्छन्, ‘तर तपाइँ त्यो बजारमा हुनुहुन्छ जहाँ गलत मूल्य गर्नुभयो भने क्षमा पाउनुहुन्न ।

तथापि ग्युएर्सी ढुक्क छन् । उनी भन्छन्, ‘यदि यो हो भने हो, र हैन भने हैन’ । ‘सही व्यक्तिका लागि न्युयोर्कमा रमाउन र भिज्न एउटा अद्भूत अवसर हुनेछ ।

जेम्स टर्मी
ब्लुमबर्ग