विधेयकको विरोधमा सरकारी अस्पतालका डाक्टरले सेवा ठप्प पारे

डाक्टरहरुले आजबाट आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् ।

काठमाडौं । कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले विरोधस्वरुप सरकारी अस्पतालका सेवा ठप्प पारेका छन् ।

डाक्टरहरुले आजबाट आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । त्यसैगरी उपत्यकाबाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प पारिएको छ ।

यसअघि चरणबद्ध आन्दोलन गर्दै आएका डाक्टरले आजबाट सेवा नै बन्द गरेका हुन् । सबै सरकारी डाक्टरहरुलाई सङ्घमातहत राख्नुपर्ने माग उनीहरुको छ ।