पर्यटनमन्त्री अधिकारीलगायत मृतकको सव आज ल्याउने सम्भावना न्यून

क्यानका उच्च अधिकारीका अनुसार सव लिनका लागि नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ जान खोजेपनि मौसम खराबीको कारण समस्या भएको छ । ती अधिकारीले आज सव ल्याउन सक्ने सम्भावना न्यून रहेको बताएका छन् ।

काठमाडौ । मौसममा आएको खराबी र रात पर्दै गएको कारण हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको सव ल्याउने सम्भावना न्यून हुदै गएको छ ।
बुधबार दिउँसो ताप्लेजुङको पाथिभाराबाट काठमाडौ आउने क्रममा हेलिकप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा , नेपाल नागरिक उड्ययन प्राधिकरण(क्यान)का उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ ,क्यानका इन्जिनियर धुब्रदास भोछिभया, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल र मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको घटना स्थलमै ज्यान गएको छ ।

क्यानका उच्च अधिकारीका अनुसार सव लिनका लागि नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ जान खोजेपनि मौसम खराबीको कारण समस्या भएको छ । ती अधिकारीले आज सव ल्याउन सक्ने सम्भावना न्यून रहेको बताएका छन् ।