पुर्व पर्यटन सचिव यज्ञप्रसाद गाैतमकाे संयाेजकत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गठन गरेको हाे ।
काठमाडौ । सरकारले पुर्व पर्यटन सचिव यज्ञप्रसाद गाैतमकाे संयाेजकत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गठन गरेको हाे ।
पूर्व पर्यटनसचिव गौतमको संयोजकत्वमा गठित समितिमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
यस्तै सरकारले मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ