मन्त्री अधिकारी सहित सातै जनाको शव सुकेटारमा, मौसम खराबका कारण हेलिकोप्टर उड्न सकेनन्

मन्त्री अधिकारी सहितको शव काठमाडौं ल्याउन बिहानैदेखि नेपाली सेनाका हेलिकप्टेरले प्रयास गरिरहेका छन् । तर भिजिप्लीटी कम भएका कारण हेली सुकेटारबाट उड्न नसकेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगाएत सातै जनाको शव सुकेटार बिमानस्थलमा पुर्याइएको छ ।

मौसम खराब भएका कारण शव काठमाडौं ल्याउन सकिएको छैन । शव काठमाडौं ल्याउन बुधबारनै नेपाली सेना, स्रिमीक र डाईनेष्टिकको हेलिकोप्टेर सुकेटार पुगेका थिए ।

मन्त्री अधिकारी लगाएत ४ जनाको शव हिजै नेपाली सेनाको नाईट भिजनले सुकेटार ल्याएको थियो । पछि रात परेको र खराव मौसमका कारण ३ जनाको शव भने आज बिहान ८ बजे ल्याइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अर्जुन ढकालले जानकारी दिए ।
घटनास्थलबाट शवलाई बास्केट बनाई प्यारासुटलाई हेलिकोप्टरमा झुन्ड्याएर सुकेटार ल्याइएको थियो ।

दुर्घटनामा परि निधन भएका मन्त्री अधिकारी सहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरेको शव पोष्टमार्टमका लागि काठमाडौं पठाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारील ढकालले बताए ।

ताप्लेजुङको बिमानस्थल सुकेटारमै जिल्ला सुरक्षा समितिको बैठक बसी पोष्टमार्टमका लागि शवलाई काठमाडौं पठाउने निर्णय गरेको हो ।
घटनाको मुचुल्का र शवको स्थिती बारे उल्लेख गरेर समितीले परिक्षणका लागि काठमाडौं पठाउने छ । मन्त्री अधिकारी सहितको शव काठमाडौं ल्याउन बिहानैदेखि नेपाली सेनाका हेलिकप्टेरले प्रयास गरिरहेका छन् । तर भिजिप्लीटी कम भएका कारण हेली सुकेटारबाट उड्न नसकेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।