उत्तर कोरियामा अमेरिकी सम्पर्क कार्यालय स्थापना हुने

एजेन्सी । अमेरिकाले उत्तर कोरियामा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको राजधानी हानोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाको राजधानी पियोङग्याङमा अमेरिकाले सम्पर्क कार्यलय स्थापना गर्ने विषयमा दुबै नेता सकरात्मक देखिएका छन् ।

शिखर सम्मेलनका क्रममा पत्रकारहरुसँगको सवाल जवाफ सेसनमा बोल्दै राष्ट्रपति ट्रम्पले पियोङग्याङमा सम्पर्क कार्यलय स्थापना गर्ने सोच राम्रो भएको बताएका थिए भने नेता किमले पनि त्यो विचार स्वागतयोग्य भएको प्रतिक्रिया दिएका थिए ।
एकजना अमेरिकी पत्रकारले पियोङग्याङसँग उसले अमेरिकालाई त्यहाँ कार्यलय स्थापना गर्न दिने भन्ने प्रश्नमा नेता किमले त्यो स्वागतयोग्य भएको बताएका थिए ।

बिहीबार बिहान नेता उनले यदि ट्रम्पले आफ्नो निशस्त्रीकरणको प्रतिबद्धतमा सकरात्मकता देखाउने इच्छा व्यक्त गरेनन् भन्ने दोस्रो शिखर सम्मेलनमा उपस्थित नहुने चेतावनी दिएका थिए ।