पर्यटनमन्त्री रवीन्द्र अधिकारी र अन्य सातजनाको मृत्युको समाचारलाई केही अन्तर्राष्ट्रिय मिडिया अल जजिरा, इन्डियन एक्सप्रेस, चिनियाँ मिडिया ग्लोबल एक्सप्रेस, पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्युनलले कभरेज गरेका छन् । ती मिडियामध्ये पनि कतिले अधुरा समाचार प्रकाशित गरेको देखिएको छ ।
काठमाडौं । नेपालका बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सातजना सवार हेलिकप्टर दुर्घटनाको समाचारले अहिले देशभरीका अखबार, विद्युतीय तथा अनलाइन समाचार माध्यमहरु तात्तिएका छन् । तर अन्तराष्ट्रिय माध्यम भने यो दुखद खबरबाट त्यत्ति धेरै प्रभावित हुन सकेका छैनन् ।
नेपालजस्तो तेस्रो मुलुकमा भएका घटनाहरुले अन्तर्राष्ट्रिय मिडियामा स्थान पाउनु बिरलै मानिन्छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र अन्य सातजनाको मृत्युको समाचारलाई केही अन्तर्राष्ट्रिय मिडिया अल जजिरा, इन्डियन एक्सप्रेस, चिनियाँ मिडिया ग्लोबल एक्सप्रेस, पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्युनलले कभरेज गरेका छन् । ती मिडियामध्ये पनि कतिले अधुरा समाचार प्रकाशित गरेको देखिएको छ । हेलिकप्टरमा सवार सम्पूर्णको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गर्दासम्म ती मिडियाले विमान बेपत्तासम्मको समाचार मात्र प्रकाशित गरेका छन् ।
केही दिनअघि सरकारले भ्रष्टाचारमाथि व्यङ्ग्य प्रहार गरिएको एउटा गीतमाथि अस्वाभाविक रुपमा प्रतिबन्ध लागू गर्दा त्यो समाचारले कतारको मिडिया अल जजिरामा स्थान पाएको थियो । तर आज नेपालका बहालवाला मन्त्रीको असामयिक दुर्घटनामा मृत्यु हँुदा यो घटनाले अन्तर्राष्ट्रिय मिडिया प्लेटफर्ममा सन्तोषजनक कभरेज पाएको छैन । अझ बीबीसी विश्व सेवा, सीएनएन, न्युयोर्क टाइम्स, द गार्जियन, रोयटर्स जस्ता विश्वका मूलधारका मिडियामा यो समाचारको सुइको पनि पाइएको छैन ।
पाकिस्तान र अमेरिकाबीच जारी पब्जीको शृङ्खला र केही समयअघि एकअर्काको मुख पनि हेर्न नचाहाने दुई मुलुक उत्तर कोरिया र अमेरिकाबीच भियतनाममा जारी ब्रेकथ्रु वार्तामाथि एकरुपतासाथ टाँसिएका अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई सन्तोषजनक रुपमा कभरेज दिएको छैन ।