ट्रम्पले दिन चाहेको समृद्धि हो त उत्तरले खोजेको ?

वार्ताको पृष्ठभूमि यही हो । र अहिलेसम्म स्पष्ट रुपमा सतहमा आएको अमेरिकाको चाहना पनि यही हो । तर यो वार्ता र यसको सेरोफेरोमा धेरै प्रश्नहरु अनउत्तरित छन्, जुन यसै वार्तामार्फत सम्बोधन हुन आवश्यक छ । अन्यथा यो पछिल्लो वार्ता पनि यसअघिको वार्ता जस्तै अनुत्पादक बन्नेछ ।

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच अहिले भियतनाममा दोस्रो शिखर वार्ता जारी छ । यसअघि पनि दुई देशका प्रमुख नेताहरुबीच सिङ्गापुरमा वार्ता भइसकेको छ । वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाका लागि सन्देश स्पष्ट छ— परमाणु हतियार त्याग्नुहोस् र सम्पत्तिको पहिरो तपार्इंको देशमा आउनेछ ।

वार्ताको पृष्ठभूमि यही हो । र अहिलेसम्म स्पष्ट रुपमा सतहमा आएको अमेरिकाको चाहना पनि यही हो । तर यो वार्ता र यसको सेरोफेरोमा धेरै प्रश्नहरु अनउत्तरित छन्, जुन यसै वार्तामार्फत सम्बोधन हुन आवश्यक छ । अन्यथा यो पछिल्लो वार्ता पनि यसअघिको वार्ता जस्तै अनुत्पादक बन्नेछ ।

ट्रम्पको सन्देश जस्तै हो त नेता किमको चाहना ?

दुई देश प्रमुख दोस्रो शिखर सम्मेलनका लागि भियतनामको राजधानी हानोईमा प्रस्थान गर्दै गर्दा उत्तर कोरियाली नेता किमलाई भियतनामको उपलब्धि र विकासलाई नियाल्न र उनले पनि विदेशी लगानी र व्यापार भित्र्याउन देशलाई खुला गर्नुपर्ने लगातार सुझावहरु आइरहेका थिए । भियतनाम पनि उत्तर कोरियाजस्तै अमेरिकी वैमनस्यसँग परिचित छ ।

ट्रम्पले पनि यो विषयमा किमलाई थप उत्साह दिँदै आएका छन् । बुधबार बिहान ट्रम्पले ट्विटरमा लेखेका थिए, ‘भियतनाम पृथ्वीमा रहेका थोरै मुलुक जसरी समृद्ध बन्दै छ । उत्तर कोरिया पनि चाँडै नै यस्तै बन्नेछ, यदि उसले निःशस्त्रीकरणको बाटो रोज्यो भने । यसको सम्भाव्यता राम्रो छ, इतिहासमा कसैले नपाएको ठूलो अवसर छ मेरो साथी किम जोङ उनका लागि । हामी चाँडै थाहा पाउनेछौं । कति रोचक छ यो ।’

‘उत्तर कोरियाको उज्ज्वल भविष्य हुनेछ’

‘सर्वोच्च आर्थिक शक्ति’ भन्ने शब्द ट्रम्पको अतिरन्जित वाक्य शैली हो । तर यो सार्थक शैली भएको बताउँछन् उत्तर कोरियाली आर्थिक विज्ञ तथा पूर्वअमेरिकी गुप्तचर सस्आईए विश्लेषक विलियम ब्राउन । ‘वास्तविकता यो हो कि उत्तर कोरियाले उसको कुनै पनि समकालीन देश वा छिमेकीभन्दा चाँडो गतिमा विकास गर्नेछ र प्रतिव्यक्ति आयको मामिलामा पनि तीव्र विकास गर्नेछ । यसलाई चाहिएको प्राप्त गर्नेछ,’ ब्राउन भन्छन् ।

ब्राउन उत्तर कोरियाको बलियो मानव संसोधन, कमजोर ज्याला र भर्बल तथा गणित साक्षरतामा उच्च स्तर रहेको बताउँछन् । साथै उनी उत्तरसँग प्राकृतिक संशोधनमा लिड, जिन्क, कोइला, फलाम र जलविद्युत्मा ठूलो सम्भावना भएको बताउँछन् । ब्राउन ट्रम्पको विचारसँग सहमत जनाउँछन् कि उत्तर कोरियाको भौगोलिक स्थिति राम्रो छ । यो चार ओटा ठूला अर्थतन्त्रको बीचमा रहेको छ जो धेरै धनी त छ तर साथै ओरालो पनि लागिरहेको छ ।

एउटा नेतालाई असाधारण शक्ति दिन र यात्रा तथा अभिव्यक्ति जस्ता नागरिक स्वतन्त्रतालाई सीमित गर्नका लागि वैदेशिक खतराबाट घेरिएको अवस्था एउटा टायम टेस्टेड बहाना हो, जुन उत्तर कोरियाले पनि प्रयोग गर्दै आएको थियो । तर वैदेशिक पुँजीका लािग आफ्नो अर्थतन्त्र र देशलाई खुला गरेर त्यसलाई अन्तर्राष्ट्रिय वित्तिय स्ट्यान्डर्डको तहमा उभ्याउनु भनेको नागरिक र सत्तामाथिको आफ्नो पकडलाई उत्तर कोरियाको शासकले गुमाउनु भन्ने पनि स्पष्ट बुझिन्छ । यसले त्यहाँ आर्थिक विकाससँगै नागरिक स्वतन्त्रता र वैदेशिक प्रभावको बहाल गर्ने स्पष्ट छ ।

किमको सबैभन्दा प्रिय बस्तु

किमका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको देश र नागरिकमाथिको आफ्नो पकड हो । जब बाहिरी पर्यवेक्षकभन्दा आफ्नो देश धेरै गतिशील भएको उनले महसुस गर्नेछन्, तब बलियो अर्थतन्त्रको खोजीमा आफूलाई खुला गर्नु किमले आफ्ना लागि निकै ठूलो खतरा पाउनेछन् । यो स्पष्ट छ, उनी आफ्नो अर्थतन्त्रलाई पुनर्जीवित पार्न चाहन्छन् ।

जब किम हानोईमा वार्ताका लागि आइपुगे तब पियोङग्याङमा उनको सत्ताधारी दलको मुखपात्र रहेको अखबार राडोङ सिनमुनमा एउटा लेख प्रकाशित भएको थियो, जसमा किमको बितेका तीन पुस्ताले तय गरेको स्वरुपमै देश रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

‘अजयी मानसिक शक्तिसहित पार्टीको औचित्यप्रति विश्वास राख्ने जनता र पार्टीको निर्देशनभित्र रहेर जुचे अर्थात् आत्मनिर्भताको क्रान्तिकारी औचित्य र समाजवादको औचित्यले जीत हासिल गर्ने पक्का छ,’ अखबारमा लेखिएको छ ।

किमको उदेश्य

किमका प्राथमिक उद्देश्यहरु पूर्वाधार परियोजनाको विकासप्रति लक्षित छन् । जसमा उनले पर्यटन उद्योगको विकास गर्ने र देशको बढ्दै गएको बजार शैलीको अर्थतन्त्रमाथि सरकारको नियमन बढाउनु उनको प्रमुख लक्ष्य हो ।

‘उत्तर कोरियालाई अर्को आर्थिक पावरहाउस भनि ट्रम्पबाट आएको अभिव्यक्तिबाट उनले परमाणु हतियारहरु उत्तर कोरियाको तस्वीरबाट बाहिर जाने र उसले तत्कालै त्यहाँ आउन र लगानी गर्न चाहानेहरुका लागि आफ्नो ढोका खुला गरिदिने सोच बनाएको देखिन्छ,’ हेनरी एल स्टिमसन सेन्टरक तथा नर्थ कोरिया इकोनोमी वाचका सम्पादक क्याटजेफ सिल्वरस्टिन भन्छन् । यो सबको अलावा उत्तर कोरियाको शासन सामाजिक नियन्त्रणको आफ्नो प्रमुख उद्देश्यलाई भने कायम नै राख्न चाहन्छ ।

‘उत्तरको शासनव्यवस्थले विदेशी लगानीकर्ता वा व्यापारीलाई देशमा जुनकुनै समय खुला रुपमा घुम्न दिने जस्तो देखिँदैन । साथै किम विशेष आर्थिक जोनलाई संवद्र्धन गर्ने काममा केन्द्रित देखिन्छ । किनभने एक्लै रहेर पनि त्यसमा उच्च विकास गर्ने सम्भावना धेरै छ’, उनी भन्छन् ।

तत्काल भविष्यमा किमको उद्देश्य व्यावहारिक छ

उनी अहिले आफूलाई वरिपरिबाट घेरेका गुरिल्ला बजार शक्तिहरुको अगाडि पुग्ने प्रयास गरिरहेका छन् । र आफ्नो विकल्पलाई सीमित पारी आफ्नो सरकार सुकाउने व्यापार प्रतिबन्धहरुको अन्त्य गराउने प्रयासमा छन् ।

उनको सरकार अहिले उत्तर कोरियासँगको परियोजनामा अगाडि बढ्न चाहन्छ, जसमा कुमगाङ हिमालमा पर्यटक रिसोर्ट पुन सञ्चालन गर्ने र काइसोङ सहर नजिक औद्योगिक केन्द्र खोल्न परियोजना छन् । यी दुवै परियोजना दक्षिणको व्यापक लगानीमा हुनेछ । उत्तर कोरिया अहिले आफ्नो मिनिरल्स र कोइला निर्यात गर्न नसकेको कारण पनि गम्भीर क्षति बेहोरिरहेको छ ।

भियतनामको बाटोमा हिँड्दा

आज अमेरिकी राष्ट्रपतिलाई प्रत्यक्ष रूपमा भेट्नका लागि अवसर जुराउने मूल बहाना किमका लागि उनको परमाणु हतियार नै बन्यो । यसकारण कुनै पनि महत्वपूर्ण उपलब्धिबिना उनले यति सजिलै मूर्खता देखाएर हतियारलाई छाड्नेछैनन् । अर्कोतर्फ यदि उनी उत्तर कोरिया जस्तै गहिरो रुपमा पुँजीवादको बाटो हिँडे भने उनले आफ्नै शासनसत्ताको वैधानिकतालाई खतरामा पुर्याउने छन् ।

यसकारण भियतनामको घटनालाई उत्तर कोरियाले एउटा सिकको रुपमा लिनुपर्छ । भियतनामको आजको सुधार र विकास एकीकरणपछि मात्र आएको हो ।