सबै शवको पोष्टमार्टम गर्न १० देखी १५ घण्टा लाग्ने भएपछि बिहिबारको कार्यक्रम सरेको हो ।
काठमाडौ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलगायतको पोष्टमार्टम गर्न ढिलाई हुने भएपछि टुँडिखेलमा बिहिबार गर्ने भनिएको राष्ट्रिय सम्मान शुक्रबार बिहान ८ वजे हुने भएको छ । सबै शवको पोष्टमार्टम गर्न १० देखी १५ घण्टा लाग्ने भएपछि बिहिबारको कार्यक्रम सरेको हो ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री अधिकारीसहित सातैजनाको शव ल्याउन बाक्लो हिमपातका कारण समस्या भएपछि ढिला गरी काठमाडौमा ल्याइएको थियो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौमा ल्याइको मन्त्रि अधिकारी सहितको शव हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । विमानस्थलमै फलगुच्छा चढाउने तयारीका साथ उपप्रधान एवंम रक्षा मन्त्री इश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा बादल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित त्यहाँ पुगेका थिए । तर समय अभाव भएको भन्दै विमानस्थलबाट सिधै शव अस्पताल लगिएको थियो ।