भुकम्प र नाकाबन्दीले थला परेको नेपालको पर्यटनलाई उचाइमा पु¥याउनका लागि अहोरात्र खट्ने मन्त्रीको निधन प्रति व्यवसायिले गहिरो दुख व्यक्त गरेका छन् ।
काठमाडौ । हवाई क्षेत्रलाई सुधार्न प्रयास गरिरहेका संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधनले ठूलो क्षति भएको व्यवसायीहरुले बताएका छन् । भुकम्प र नाकाबन्दीले थला परेको नेपालको पर्यटनलाई उचाइमा पु¥याउनका लागि अहोरात्र खट्ने मन्त्रीको निधन प्रति व्यवसायिले गहिरो दुख व्यक्त गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले छाटो समयमा पर्यटन क्षेत्रले अनुभुत गर्न सक्ने परिणामामुखि काम गर्न सफल मन्त्री अधिकारी, सफल एवम वरिष्ठ पर्यटन व्यवसायी आङ्ग छिरिङ्ग शेर्पा र राष्ट्र सेवक कमचारीहरुको अप्रत्याशित निधनबाट पर्यटन क्षेत्र तथा समग्र मुलुकले नै अपूरणीय क्षति व्यहोर्नुपर्ने बताए ।
होटल एसोसिएसन अफ नेपाल(हान)का महासचिव विनायक शाहले नेपाल भ्रमण बर्ष २०२० को पूर्वाद्र्धमा अभियानका प्रवर्तक पर्यटन मन्त्री अधिकारीको हवाई दुर्घटनाबाट भएको निधनले देशमा क्षति भएको बताएका छन् ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले पर्यटन क्षेत्र सुधारको एक अभियन्ता गुमाएको टिप्पणी गरेका छन् । पर्यटन क्षेत्रको सुधारले मात्र नेपालको आर्थिक क्षेत्रमा सुधार आउने भन्दै अघि बढेका मन्त्री अधिकारीको निधनले एक अशल अभिभावक गुमाएको बताएका छन् । यस्तै पर्यटन क्षेत्रको सुधारमा हवाई क्षेत्रको महत्वपूर्ण भुमिका रहने भन्दै विभिन्न पर्यटकीय क्षेत्रमा हवाई सेवा दिने वरिष्ठ पर्यटन व्यवसायी शेर्पाको निधन प्रति दुख व्यक्त गरेको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्यटन क्षेत्रको खब्बा गुमाएको बताएका छन् । उनले हिमालको प्रचारमा मृतक शेर्पाको महत्वपूर्ण भुमिका रहेको भन्दै उनको योगदानको चर्चा गर्न नसकिने बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का महासचिव आङपेम्बा शेर्पाले हेलिकप्टर दुर्घटनाले पर्यटन क्षेत्रमा ठूलो घाटा भएको प्रतिक्रिया दिएका छन् । ट्रेकिङ क्षेत्रमा हुने विकृती र विसंगतीलाई हटाउने प्रयास गरिरहेका मन्त्री अधिकारीको निधनले निरास भएको उनको भनाइ छ ।