काठमाडौ । भारतका हवाई सैनिक पाइलट अभिनन्दनलाई पाकिस्तानले भारत फिर्ता गरिदिने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी संसदनमा अभिनन्दनलाई छोड्ने घोषणा गरेका छन् । उनले अभिनन्दनलाई शुक्रबार भारत पठाउने बताएका छन् ।
पाकिस्तानी संसदमा इमरानले शान्तिप्रति आस्था देखाउँदै आफूले गिरफ्तार गरेको हवाई सैनिकलाई भारत फिर्ता गरिदिने बताएका हुन् ।
अभिनन्दनलाई बुधबार नियन्त्रण रेखाबाट पाकिस्तानी सैनिकले हिरासतमा लिएका हुन् । एजेन्सी