एघारौं ह्विलचियर दिवश भृकुटीमण्डपमा मनाइयो, अझैपनि संरचना अपाङ्गमैत्री भएनन्

कार्यक्रममा बोल्ने अधिकांश ह्विलचियर प्रयोगकर्ताहरुले अझैपनि आफुअनुकुल भौतिक संरचना र पूर्वाधार नबनिदिँदा आफुले सधैंको समस्या खेप्नुपरेका थिए ।

काठमाडौं । एघारौं ह्विलचियर दिवश मनाइएको छ । भृकुटीमण्डप परिशरमा आयोजित कार्यक्रममा शारिरीक अपाङ्गता भएर ह्विलचियर प्रयोगकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने अधिकांश ह्विलचियर प्रयोगकर्ताहरुले अझैपनि आफुअनुकुल भौतिक संरचना र पूर्वाधार नबनिदिँदा आफुले सधैंको समस्या खेप्नुपरेका थिए ।

कार्यक्रममा पत्रकार कनकमणी दिक्षितले सरकारले अझैपनि शारिरीक अपाङ्गता भएका व्यक्तिको पहुँच, पूर्वाधार र रोजगारी सिर्जना गर्न नसकेको बताए ।

उनले जोरपाटी क्षेत्रमा भएको ह्विलचियरमैत्री वातावरण सरकारले नै ध्वस्त बनाएको भन्दै उनले सरकारी क्षेत्रबाटै अपाङ्गता भएका व्यक्तिलाई पाखा लगाइएको बताए ।

उनले शारिरीक अपांगता भएका व्यक्तिले पनि अवसर पाएमा अरु सरह नेतृत्व र जिम्मेवारी लिन सक्ने भएकाले यस बिषयमा सरकार गम्भिर हुनुपर्ने बताए ।