टुडिखेलमा श्रद्धान्जली दिएपछि शेर्पाको शव उनको निवास बालुवाटारमा राखिने परिवार श्रोतको भनाइ छ । उनको आइतबार विहान ९ बजे अन्तिम संस्कारका लागि टेकुमा लैजाने जनाएको छ ।
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका वरिष्ट पर्यटन व्यवसायी आङछिरीङ शेर्पाको अन्त्येष्टि आइतावर गरिने भएको छ ।
शेर्पाको शवलाई अहिले टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको छ ।
टुडिखेलमा श्रद्धान्जली दिएपछि शेर्पाको शव उनको निवास बालुवाटारमा राखिने परिवार श्रोतको भनाइ छ । उनको आइतबार विहान ९ बजे अन्तिम संस्कारका लागि टेकुमा लैजाने जनाएको छ ।
त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पोखरामा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । यस्तै दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, निर्देशक इन्जिनीयर ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ समेत रेहका सुरक्षाकमी अर्जुन घिमिरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।