जुवा खालबाट ७ जना पक्राउ

महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका–८ बानियाटारबाट जुवा खेलिरहेको अवस्थामा ७ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा सञ्चालित जुवा खालबाट ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका–८ बानियाटारबाट जुवा खेलिरहेको अवस्थामा ७ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ३० हजार ८ सय रुपैयाँ र ५ बुक तास बरामद गरी आवश्यक अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।