अनलाइन गेमिङ सर्भिसबाट धनाढ्यको सूचीमा उकालो चढ्दै लि फर्रेस्ट

ब्लुमबर्गको सम्पत्ति र्यांकिङको अनुसार चिनियाँ मल्टीनेसनल अनलाइन कम्पनी टिन्सेन्ट दुबै सि र फोर्टनाइट डेप्लोपर इपिक गेम कर्पोरेसनको सेयरहोल्डर हो र चिनियाँ गैमिङ टिटान्सका संस्थापक पोनीमाको सम्पत्ति ३४ अर्ब चार सय करोड डलरबराबर रहेको छ ।

एजेन्सी । दैनिक चार करोडभन्दा धेरै अनलाइन खेलप्रेमीहरु सि लिमिटेडमा लन इन गरी हतियार पत्ता लगाई युद्ध लड्छन् । यो एउटा काल्पनिक संसार हो, जसलाई चीनमा जन्मिएका फोर्रेस्ट लिले स्थापना गरेका हुन् । र यसैबाट अहिले उनी विश्वका धनाढ्यहरुका सूचीमा उकालो चढ्दै छन् ।

सिंगापुर आधारित सि लिमिटेडमा ४१ वर्षे उद्योगी लिको १३.८ शेयर रहेको छ, जसको मूल्य अहिले लगभग एक अर्ब डलर रहेको ब्लुमबर्ग बिलिनियर इन्डेक्सले बताउँछ । दक्षिणपूर्वी एसियाको यो ठूलो गैम सर्भिसमा बुधबार ३५ प्रतिशतले शेयर वृद्धि भएको छ, जुन २०१७ मा उसले पहिलो पटक सेयर सर्वसाधारणका लागि खुलाएको समयपछि सबैभन्दा धेरै हो । ई कमर्सको बजारमा राम्रो वृद्धि भएको र बिक्री डबल बढेको खबरहरु आएपछि सेयरमा वृद्धि आएको हो ।

सी लिमिटेडको अनलाइन गेम फ्रि फायरु प्लेड मेगा रोलमा ब्राजिल र इन्डोनेसियाका ३५ करोडभन्दा धेरै प्रयोगकर्ता दर्ता भएका छन् । यो खेल २०१८ को एप्पल र गुगल एप स्टोरबाट सर्वाधिक डाउनलोड हुने चौंथो खेल बनेको छ । सिंगापुरका नागरिक रहेका लिले अमेरिकी कम्प्युटर गेमिङ प्रोग्रामर टिम स्विनेसँग ई गेमिङ बिलिनियर सेयरमा संलग्न भएका थिए । स्विनेले फोर्टनाइट, बेटल रोयल सेन्सेसनमा रहेको अन्तिम क्यारेक्टर निर्माण गरेका थिए ।

ब्लुमबर्गको सम्पत्ति र्यांकिङको अनुसार चिनियाँ मल्टीनेसनल अनलाइन कम्पनी टिन्सेन्ट दुबै सि र फोर्टनाइट डेप्लोपर इपिक गेम कर्पोरेसनको सेयरहोल्डर हो र चिनियाँ गैमिङ टिटान्सका संस्थापक पोनीमाको सम्पत्ति ३४ अर्ब चार सय करोड डलरबराबर रहेको छ ।

तायनजिको बन्दरगाह सहरमा जन्मिएर हुर्किएका लिले आफ्नो किशोरावस्थामा साङ्घाङ विश्वविद्यालयमा अध्ययन गरेका थिए । राजधानीमा छिरेपछि उनको संगत सहरियाहरुसँग भयो, फरक भाषा शैली प्रयोग गर्ने । उनी आफ्ना धेरै रातहरु इन्टरनेट क्याफेमा गैम खेलेर बिताउँथे । लिले पछि आफ्नो फर्रेस्ट इङ्लिसमा परिवर्तन गरेका हुन् ।

ग्य्राजुएसन समाप्त गरेपछि उनले चीनमा मोटोरोला सोल्युसन र कोर्निङ कर्पोरेसनमा काम गरे । तर उनले त्यहाँ सीमित भविष्य देखेपछि स्ट्यान्डफर्डमा एमबिए प्रोग्रामका लागि भर्ना भए । त्यहाँ अध्ययन गर्दा उनले आफ्नी तत्कालीन प्रेमिकाको ग्य्राजुएसन समारोहमा उपस्थित भएका थिए, जहाँ उनले एप्पल कर्पोरेसनका सहसंस्थापक स्टिभ जब्सको दीक्षान्त भाषण सुन्न पाए, जसले उनभित्र एउटा तरंग उत्पन्न गराएको थियो ।

लिले २०१६ मा ब्लुमबर्गसँगको अन्तरवार्तामा भनेका छन्, उनी आफू केही गर्नुअघि दैनिक महिनौंसम्म स्टिभ जब्सको त्यो भाषणालाई युट्युबमा सुन्ने गर्थे । ‘त्यो भाषणले मलाई अहिले म जे गरिरहेको छु, त्यो गर्ने हिम्मत दिन्थ्यो ।’ त्यसपछि लिले त्यसबेला ग्यारेना नामले मात्र चिनिने अनलाइन गैमिङ सर्भिस सिंगापुरमा २००९ मा स्थापना गरे ।

२०१७ मा त्यो सार्वजनिक स्तरमा पुगेपछि लिको कम्पनी सिले व्यापक क्षतिको बाबजुद आफ्नो पाइला जमाउन संघर्ष गरिरह्यो । कम्पनीले गैमबाट पनि बाहिर गएर ई कमर्समा भारी लगानी गर्यो, जहाँ उसले अलिबाबा ग्रुप जस्तो कम्पनीले चलाएको लाजाडासँग प्रतिस्पर्धा गर्नुपर्यो । त्यसबाहेक पनि घेरुलु उत्पादन अनलाइन गेम त कति धेरै थिए, जोसँग सी लिमिटेडले प्रतिस्पर्धा गर्नुपर्यो ।