पाकिस्तानले बुझायो हवाई सैनिक अभिनन्दन वर्तमान

पाकिस्तानले शुक्रबार दिउँसो उनलाई रिहा गरिदिएको हो । उसले सैनिक वर्तमानलाई इस्लामावादस्थित भारतीय राजदूतावासमा बुझाएको हो ।

एजेन्सी । पाकिस्तानले युद्धबन्दी बनाएको भारतीय हवाई सैनिक अभिनन्दन वर्तमानलाई रिहा गरिदिएको छ । पाकिस्तानले शुक्रबार दिउँसो उनलाई रिहा गरिदिएको हो । उसले सैनिक वर्तमानलाई इस्लामावादस्थित भारतीय राजदूतावासमा बुझाएको हो ।

उनलाई पन्जाबको बगाहा आरती नाकाबाट भारत पुर्याइने बताइएको छ । उनलाई स्थानीय समय अनुसार दिनको तीन बजे भारत पुर्याइनेछ । शान्तिपूर्ण प्रक्रियाअन्तर्गत पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई हिजो रिहा गरिदिने घोषणा गरेका हुन् ।