हेलिकप्टर दुर्घटनामा निधन भएकामध्ये ५ को सामूहिक दाहसंस्कार

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ मध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र वरिष्ठ पर्यटन व्यवसायी छिरिङ शेर्पाबाहेक अन्य ५ जनालाई शुक्रबार पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको हो ।

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ मध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र वरिष्ठ पर्यटन व्यवसायी छिरिङ शेर्पाबाहेक अन्य ५ जनालाई शुक्रबार पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको हो ।

बिहान टुँडिखेलमा उनीहरुको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा र पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव उनको निवास लगिएको छ ।