यो लक्ष्यलाई पूरा गर्न रेल्वेले भारत हेभ्भी इलेक्ट्रिकल्स बिएचइएलँग दुई मेगावाट सौर्य उर्जा उत्पादनको सम्झौता पनि गरिसकेको छ । यो परियोजना सफल भएपछि यसको विस्तार गरिनेछ ।
एजेन्सी । भारतले विश्वको पहिलो ‘हरित रेलमार्ग’ निर्माण गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यलाई पूरा गर्नका लागि उसले सौर्य तथा हावाबाट प्राप्त उर्जालाई प्रयोग गर्ने बताएको छ । उसले यसका लागि काम पनि सुरु गरिसकेको छ ।
यो लक्ष्यलाई पूरा गर्न रेल्वेले भारत हेभ्भी इलेक्ट्रिकल्स बिएचइएलँग दुई मेगावाट सौर्य उर्जा उत्पादनको सम्झौता पनि गरिसकेको छ । यो परियोजना सफल भएपछि यसको विस्तार गरिनेछ ।
रेल्वेलाई आगामी २०२२ सम्म शत प्रतिशत विद्युतीकरण गर्ने र २०३० सम्म हरित रेल्वे बनाउने लक्ष्य निर्धारण गरिएको छ । पायलट परियोजनाको रुपमा बिएचइएलले दुई मेगावाट सौर्य उर्जा उत्पादन गर्नेछ र त्यसको प्रयोग रेल्वेले गर्नेछ । यो परियोजना सफल भएपछि बाँकी योजनालाई अगाडी बढाइनेछ ।