मन्त्री अधिकारीको शरीरमा श्रीमती र छोराहरुले दागवत्ति दिए

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।

पोखरा । हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।

अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापति रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।