साथीहरुबीचको मनमुटावलाई सामाजिक सञ्जालमार्फत समाचार विषय बनाउनु भनेको शैशव क्रिडा मात्रै भएको जोनाको निष्कर्ष छ । संस्थापकको नाम सहित जोडेर गरिएको राजीनामा र राजीनामा पछि सिर्जना भएको भ्रमलाई संस्था बद्नाम बनाउने खेलमा नलाग्न आग्रह गरिएको छ ।
काठमाडौं । केही दिन अघि नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)मा आवद्ध संस्थापकसहित २१ जना सदस्यले राजीनामा दिएको बिषयमा जोनाको नयाँ कार्यसमितिले ध्यानाकर्षण गरेको छ । जोनाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा १३ सदस्यीय निर्विरोध चयन भएपछि उव्जिएको विवाद सतहमा आएको हो ।
सामाजिक सञ्जाल र केही अनलाइनमार्फत कार्यसमितिमा नरहेका व्यक्तिलाई उठाएर संस्थाका जिम्मेवार केही पदाधिकारीले व्यक्तिगत लाभ लिन खोजेको भन्ने भ्रामक र गलत प्रचार गरेकोमा जोना कार्यसमितिले दुख व्यक्त गरेको छ ।
अधिवेशन भएको एक महिना पुग्दासम्म पनि नयाँ कार्यसमितिलाई बरबुजारथ नबुझाइएको र आफु अनुकुल स्वार्थ पुरा गराउन सीधासाधा साथीहरुलाई जवर्जस्त प्रभाव पार्ने कार्य लज्जास्पद रहेको शनिबार प्रकाशित विज्ञप्तीमा भनिएको छ ।
साथीहरुबीचको मनमुटावलाई सामाजिक सञ्जालमार्फत समाचार विषय बनाउनु भनेको शैशव क्रिडा मात्रै भएको जोनाको निष्कर्ष छ । संस्थापकको नाम सहित जोडेर गरिएको राजीनामा र राजीनामा पछि सिर्जना भएको भ्रमलाई संस्था बद्नाम बनाउने खेलमा नलाग्न आग्रह गरिएको छ ।
सामाजिक सञ्जालमार्फत आएका तथ्यहीन र अनर्गल प्रचारको भ्रममा नपर्न आम कृषिसँग सरोकार राख्ने संघसंस्थाहरुलाई आग्रह गरिएको छ ।