आफैले बोकेको राइफल पड्किँदा एक सेनाको मृत्यु

धनकुटास्थित बरख गणमा कार्यरत डोटीका चेतनाथ जोशीको शनिबार ड्युटीमा रहेका बेला आफैले बोकेको राइफल पड्किएर मृत्यु भएको हो ।

काठमाडौं । आफैंले बोकेको राइफल पड्किएर धनकुटामा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ ।

धनकुटास्थित बरख गणमा कार्यरत डोटीका चेतनाथ जोशीको शनिबार ड्युटीमा रहेका बेला आफैले बोकेको राइफल पड्किएर मृत्यु भएको हो ।

धनकुटा प्रहरीका अनुसार जोशीको शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफल पड्किएर छातीमा गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।