अमेरिकासँग तनावका बावजुद अर्बौं डलरले बढ्यो हुवावेको लाभांश

अमेरिकासँगको तनावका बावजुद पनि कम्पनीको लाभांशमा यस प्रकारको उच्च वृद्धिले उसको मनोबललाई थप मजबुत बनाउने देखिएको छ ।

एजेन्सी । अमेरिकासँग विवादका बावजुद पनि चिनियाँ टेलिकम कम्पनी हुवावेले आफ्ना कर्मचारी तथा सेयरहोल्डरहरुलाई प्रदान गर्दै आएको लाभांशमा तीन प्रतिशतले वृद्धि गरेको स्रोतहरुले बताएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार सो लाभांश अर्बौं डलरको छ । अमेरिकासँगको तनावका बावजुद पनि कम्पनीको लाभांशमा यस प्रकारको उच्च वृद्धिले उसको मनोबललाई थप मजबुत बनाउने देखिएको छ ।

स्वघोषि ‘उल्फ कल्चर’बाट परिचित हुवावेले कर्मचारीलाई यथेस्ट पारितोषिक दिँदै कामप्रति उच्च समर्पणको अपेक्षा राख्दछ । कम्पनीका अनुसार उसका करिब ८० हजार कर्मचारीले कम्पनीको सम्पूर्ण सेयर लिएका छन् । यस आकारको कम्पनीका लागि यस्तो स्किम निकै अनौंठो मानिन्छ ।

२०१८ का लागि प्रति सेयर लाभांश १.०२ देखि १.०५ युआनसम्म बढ्ने अपेक्षा गरिएको छ,– कर्मचारी स्रोतले रोयटर्सलाई बताएका छन् ।